ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपराष्ट्रपति पुनबाट पदभार ग्रहण


admin

काठमाडौँ, ५ चैत। उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति कार्यालय बहादुर भवन पुगेर आज पदभार ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहणपछि उहाँले पदभार ग्रहण गर्नुभएको हो । उपराष्ट्रपतिको कार्यालयमा उहाँलाई सचिव लालशंकर घिमिरेलेलगायतले स्वागत गर्नुभएको थियो ।

पदभार ग्रहणपछि उपराष्ट्रपति पुनले सात दशक लामो राजनीतिक संघर्षले निष्कर्ष हासिल गरेको उल्लेख गर्दै आगामी दशक आर्थिक समृद्धिको दशक हुने भएकाले यसका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

“सात दशक लामो नेपाली जनताको राजनीतिक संघर्षले निष्कर्ष हासिल गरेको छ, राजनीतिक स्थायित्व शुरु भएको छ, अब समृद्धिको बाटो हो”–उहाँले भन्नुभयो, “देशको विकास र आर्थिक समृद्धिका लागि सबै राजनीतिक दल, संघ संस्था एकताबद्ध हुनुपर्छ, आर्थिक समृद्धिका लागि योगदान दिनु सबै नेपालीको जिम्मेवारी हो ।”

उपराष्ट्रपति पुनले आफू निर्विरोध निर्वाचित भएकोमा खुशी व्यक्त गर्दै राजनीतिक पार्टी र सबै तहका सांसदलाई धन्यवाद दिनुभयो ।

“विगत कार्यकालको मूल्याङ्कनसहित मलाई उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित गर्नुभएकोमा राजनीतिक पार्टी, सांसदलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु”, उहाँले भन्नुभयो ।

उपराष्ट्रपति पुनले आफ्नो आगामी कार्यकाल र जीवन देश र जनताका लागि हुने बताउँदै “मेरो आगामी कार्यकाल मात्रै होइन, मेरो आगामी जीवन देश र जनताकै लागि हुनेछ” भन्नुभयो ।

“संविधानको संरक्षण तथा पालना, राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकताको सुदृढिकरणका लागि आफ्नो आगामी जीवन समर्पित हुनेछ,” उहाँले भन्नुभयो ।

उपराष्ट्रपति पुनले विगतको कार्यकालमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत ज्ञापन गर्नुभयो ।

पुन आइतबार मात्रै उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेमा १५ सदस्यीय पदाधिकारी हुने, उमेर सीमा र दुई कार्यकाल हट्यो

वाग्मतीसहित चारवटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ६३ जनाको मृत्यु, २९० जना घाइते

क्लासिक टेक १६औं वर्षमा प्रवेश

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com