बारा, २१ फागुन । जिल्ला प्रहरी कार्यालय बारा कलैयाले आफ्नो एक महिनाको कार्य सम्पादन प्रगति विवरण सार्वजनिक गरेको छ ।
मिति २०८१ पुस १८ गते देखि मिति २०८१ फागुन २० गते सम्मको कार्य सम्पादन प्रगति विवरण सार्वजनिक गरेको हो ।
एक महिनामा विभिन्न मुद्धाका ५२ जना फरार फरार प्रतिवादीवाट १३ लाख लाख ८६ हजार ८ सय रुपयाँ जरिवाना असुलउपर गरेको छ । फरार प्रतिवादीलाइ भएको जम्मा कैदः १२ वर्ष, ७ महिना, १४ दिन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष तामाङले जानकारी दिए । उनले भन्सार÷राजस्व संकलन बाट ३ करोड ५८ लाख ४० हजार ६ सय सय ५९ रुपयाँ संकलन गरिएको बताए । उनले एक महिनामा कर्तब्य ज्यान मुद्धा – १, सवारी ज्यान मुद्धा – ७, लागु औषध मुद्धा – १७, साइबर अपराध मुद्धा – १, अभद्र ब्यवहार मुद्धा –१७ गरि ४३ मुद्धा दर्ता गरिएको बताए । एक महिना विभिन्न मुद्धामा ८४ जनालाई पक्राउ गरिएको र ३ जना भारतीय पुरूष ,५ जना नेपाली महिला रहेको बताए । जिल्ला प्रहरी कार्यालयमा प्रमुखको रुपमा एसपी सन्तोष तामाङमा आएपछि बारामा अपराधीक गतिविधीमा कमी आएको स्थानिय बासीले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्