ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्याङ्जाको अर्जुनचौपारी धार्मिक पर्यटनको उत्कृट गन्तब्य बन्दै


एबीसी न्यूज

स्याङ्जा, १७ फागुन । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नंं. १ स्थीत जलवराह धार्मिक वनमा नेपालमै पहिलो नवग्रह मन्दिरको निर्माण गरिएको छ । नेपालकै पहिलो नवग्रह मन्दिरको निर्माण भए संगै स्याङजाको अर्जुनचौपारी धार्मिक पर्यटनको उत्कृट गन्तब्य बन्दै गएको हो । स्याङजाको अर्जुनचौपारीमा बनेको नवग्रह मन्दिरको अनुष्ठान, गिता ज्ञान तथा धार्मिक महोत्सवमा नेपालकै पहिलो नवग्रह मन्दिर भएका कारण भक्तजनहरुको घुइचो लागेको छ । यहा दिनहु हजारौंको संख्यामा दर्शन तथा पुजाआजा गर्न भक्तजनहरु आउने गरेका छन् । यस नवग्रह मन्दिरमा एकैदिन २५ हजार भक्तजनहरुले दर्शन गरेको छन १४४ वर्षमा आएको महाकुुम्भको समय अत्यान्त शक्तीशाली र पवित्र हुने हुदा महाशिवरात्रीको अवसर पारेर यहा नवग्रह मन्दिरको प्राण प्रतिष्ठा, अनुष्ठान तथा धार्मिक महोत्सव गरिको हो । ज्योतिष शास्त्र अनुसार प्रत्येक ब्यक्तीका जन्म कुण्डली अनुसार विभिन्न समयमा विभिन्न किसीमका ग्रहहरुको चक्र घुमिरहेको हुन्छन त्यसैले प्रत्येक मानिसका ग्रह शान्त गर्नको लागि नवग्रह मन्दिरमा आएर पुजा आजा गर्नाले ग्रह शान्त हुने विश्वास रहेको नवग्रह मन्दिर आएर दर्शन गर्ने भक्तजनहरुको बुझाई छ । नवग्रह मन्दिरको मुख्य स्तम्भ नवभुज आकारको छ १५७ रोपनी क्षेत्रफलमा फैलीएको यस धार्मिक वनमा नवभुज आकारको २७ फिट माथी तिर फर्केको ब्रह्राणीय मुर्तिकोे अवलोकन प्रत्येक वर्षको गणेश चतुर्थीमा मात्र दर्शन गर्न पाइने छ । यस मन्दिरमा रहेको स्तम्भको सवैभन्दा माथी आकाश तर्फ फर्काएर सौर्यमण्डलीय ब्रहामण्डको प्रतिक राखिएको छ । स्तम्भको १४ फिटमा सुर्य, शुक्र, केतु, चन्द्र, मंगल, बुध, शनि बृहस्पती र राहु ग्रहका प्रतिक राखिएको छ भने स्तम्भको नौ वटा भुजामा ग्रह अनुुसारको रंग लगाईएको छ । नव ग्रह मन्दिर संगै षट्कोण शिवालय बनाईएको छ भने विचमा पशुपतीनाथको जस्तै पञ्चमुखी शिवलिङग र कोणमा गणेश, लक्ष्मी र हनुमानको मुर्ति राखिएको छ ।
खास गरि कसैलाई कुनै प्रकारको दुख कष्ट नहोश, कुुनै प्रकारका अतिवृष्टी आनावृष्टी भुकम्प लगायतका प्रकोप नपरोस भन्ने सत्उदेश्यले आयोजना गरिएको यो एक मात्र संकल्प सवै मानव कल्याणका लागि अद्धितिय रहेको धर्म गुरु आचार्य हाकीम भण्डारी बताउनुहुन्छ । आर्चाय भण्डारीले नेपालमा यस प्रकारको नवग्रह मन्दिर नभएको वताउदै यहा सम्पुर्ण धार्मिक कर्म पुरा गरी मन्दिरको प्राणप्रतिष्ठा सवालाख गायत्री मन्त्रद्धारा हवन, शिवपुराण पारायण, गिता प्रर्वचन, चारैबेदका रिचाहरुद्धारा यस क्षेत्रलाई पवित्र तुल्याईएको बताउनुभयो । यहा आउने हरेक भक्तजनलाई टिका र रुद्राक्षको माला लगाई स्वागत गर्ने गरिएको छ । मन्दिरको गेटवाट छिरेपछि सवै देवीदेवताहरुको दर्शन गर्दै नौ चक्रमा रहेको नवग्रह मन्दिरलाई ९ पटक परिक्रमा सहित फरक फरक ग्रहहरुको पुजा गरेपछि मात्र बाहिर निस्कीन मिल्ने गरी कलात्मक शैलीमा मन्दिरको निर्माण गरिएको छ ।
हाम्रो वैद्धिक सनातन परम्परा तथा ज्योतिष शास्त्रमा नवग्रहहरुलाई विशेष विचार गर्ने गरिन्छ । हिन्दु धर्मावलम्वीहरु प्रत्येक वर्ष जस्तो आफ्नो घरमा नवग्रहको पुजा गरि आफ्नो आफ्नो ग्रह शान्त गर्नका लागि पुजा लगाउने गर्दछन । नेपालमा सम्पुर्ण देवीदेवताहरुको छुटाछुटै शक्तीपिठ भएतापनी नवग्रहको विधीवत रुपमा छुुटै पुजा गर्ने मन्दिर नभएकोले हिन्दु धर्मावलम्वीहरुको आवश्यकतालाई मध्यनजर गर्दै नवग्रह सम्वन्धी पुजा विधि प्रक्रीया शास्त्र संवत् के हो त नवग्रह पुजा कसरी गरिन्छ भन्ने विषयमा खोज अनुसन्धान गर्दा मन्दिरको आवश्यकता महसुस गरेर धर्मगुरुहरुको सल्लाह अनुसार नवग्रह मन्दिर स्थापना गरिएको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी बताउनुहुन्छ । जल वराह धार्मिक परिसर जुन ठाउमा यो मन्दिर रहेको छ यो पुरानो धार्मिक महत्व वोकेको ठाउँ हो । यहा विभिन्न गुफाहरु पन्चकन्या देवीको मन्दिर भएकोले देश विदेशका गुरुहरु संग छलफल गरेर विधी संवत शास्त्र संवत धार्मिक अध्यायन केन्द्रको विकास गर्नको लागि यो मन्दिर निर्माण गरिएको अध्यक्ष तिवारीको भनाई छ । नेपालमा नै पहिलो पटक नवग्रहको मन्दिर प्रतिष्ठा पछि नवग्रह मन्दिर दर्शन र पुजाआज गर्न पाइने भएको छ । यस किसिमको मन्दिर नेपालमै पहिलो भएका कारण तनहु, कास्की, पर्वत, पाल्पा, वुटवल , काठमाण्डौ लगायतका ठाउँहरुवाट पुजाआजा गर्न भक्तजनहरु आउने गरेका छन । धार्मिक मात्र नभै प्रकृति सौन्दयले भरिपुर्ण रहेको यस मन्दिरमा पुग्नको लागि सिद्धार्थ राजमार्गको स्याङ्जाको हेलु देखि अर्जुनचौपारी बजार हुदै सवारी साधनमा सजिलै आवतजावत गर्न सकिन्छ । सिद्धार्थ राजमार्गको स्तर उन्नती गर्ने हो भने यस मन्दिरमा नेपालका मात्र नभै पोखरा हुुदै मुस्ताङ घुम्न आउने हजारै भारतीय पर्यटकहरुको राम्रो गन्तब्य वन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com