ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जाल विधेयकमा सरकारले स्वनियमनलाई प्राथमिकता दिएन- महासचिव गुरुङ


एबीसी न्यूज

काठमाडौं २६ माघ । नेकपा माओवादी केन्द्र का महासचिव देव गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा स्वनियमनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी विधेयक ल्याउनुपर्नेमा स्वनियमनलाई प्राथमिकता नदिइएको बताए ।
सकारात्मक पक्ष कसरी व्यवस्थित गर्ने र नकारात्मक पक्षलाई कसरी न्यूनीकरण गर्ने रु त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने पनि राज्यको दायित्व भित्रको विषय भएको गुरुङको भनाइ थियो । संविधानको भावनालाई मार्न नहुने गरी विधेयक ल्याइनुपर्ने उनको भनाइ थियो । सामाजिक सञ्जालसम्बन्धी कानुन आवश्यक रहेको पनि उनले बताए ।
सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जालसम्बन्धी विधेयकबारे गुरुङले सही ढंगले अगाडि बढाउनुपर्ने बताए । २०८० मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोग र व्यवस्थापनको विषयमा सरकारले एउटा निर्देशिका जारी गरेको थियो । त्यो निर्देशिकाको आधारमा विधेयक बनाउने भन्ने प्रक्रिया पनि चलिरहेको थियो ।
नयाँ सरकार आइसकेपछि त्यो विधेयक अघि बढाएको छ, उनले भने, तर विधेयक हेर्दा संविधानले मौलिक हक र अधिकारको सन्दर्भमा वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, गोपनीयताको स्वतन्त्रतालाई प्रत्याभूत गरेको छ । संविधानको भावनालाई नमारियोस् भन्ने कुरामा ध्यान दिनुपर्छ ।
सामाजिक सञ्जालसम्बन्धी कानुन आवश्यक छ । यसलाई नियन्त्रण भन्दा पनि नियमन गर्ने र खासगरी स्वनियमनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता हो । तर विधेयकमा स्वनियमनलाई प्राथमिकता दिएको देखिँदैन ।’
महासचिव गुरुङले बोलेका आधारमा जेल जानुपर्ने, ठूलो जरिवाना भोग्नुपर्ने जस्ता आपत्तिजनक व्यवस्था विधेयकमा प्रस्ताव गरिएको भन्दै यिनमा संशोधन गरेर मात्रै अगाडि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

रविविरुद्धको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस

अमेरिकी साम्राज्यवाद र नेपालका कथित जेन–जी अगुवा

गगन पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्नु लोकतन्त्र माथिको षड्यन्त्र–देउवा पक्ष

केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com