काठमाडौं, २ माघ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पत्रकार सम्मेलनमा पछिल्ला पार्टीका गतिविधि, गगन थापा –विश्वप्रकाश शर्माको विशेष महाधिवेशनको विद्रोह, निर्वाचन, पार्टीका गतिविधिबारे जानकारी गराइने बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्