काठमाडौं २६माघ । शनिबार बिहान सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो निभाइएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसी अपिलराज बोहराका अनुसार आज बिहान ८स्४५ बजेतिर अचानक आगो लागेको हो।
‘खानेपानी मन्त्रालयको माथिल्लो तलामा आगो लागेको हो, तर अहिले नियन्त्रणमा लिइसक्यौँ’, उनले भने, ‘आगो निभाउन त्यस्तै १५र२० मिनेट लाग्यो होला।’
आगो के कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए।
‘साथै आगलागीबाट के कति क्षति भयो भन्ने कुरा पनि संकलन गर्दै छौँ’, एसपी बोहराले भने।
प्रहरीका अनुसार खानेपानी मन्त्री प्रदीप यादवकै कार्यकक्षमा आगलागी भएको हो।








प्रतिक्रिया दिनुहोस्