ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा


एबीसी न्यूज


काठमान्डौ २ माघ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित कार्यालय स्थापना गरिएको हो।

दुई वटा निर्वाचन क्षेत्र रहेको गुल्मी जिल्लामा निर्वाचन क्षेत्र नम्बर–१ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा र निर्वाचन क्षेत्र नम्बर–२ का लागि शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

कार्यालय स्थापना कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

निर्वाचन कार्य सम्पादनका लागि जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेललाई मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन क्षेत्र नम्बर–१ का निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ। त्यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ का लागि जिल्ला न्यायाधिवक्ता हरिहर पौडेललाई निर्वाचन अधिकृतको रूपमा खटाइएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लामा निर्वाचन लक्षित गतिविधिहरू तीव्र बनेका छन्। मतदाता नामावली अद्यावधिक, निर्वाचन आचारसंहिता कार्यान्वयन, सुरक्षा व्यवस्थापन तथा राजनीतिक दलहरूसँग समन्वयका कामहरू सुरु भइसकेका छन्।

निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, दाबी–विरोध, अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया क्रमशः अघि बढ्नेछन्।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ जना मतदाता रहेका छन्। तीमध्ये निर्वाचन क्षेत्र नम्बर–१ मा १ लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर–२ मा १ लाख ७ हजार ३६३ जना मतदाता छन्। जिल्लाभर १४५ वटा मतदान केन्द्र र २८४ वटा मतदान स्थल तोकिएका छन्।

निर्वाचनलाई पारदर्शी र विश्वसनीय बनाउन सुरक्षा निकायसँग समन्वय गर्दै आवश्यक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए। निर्वाचन नजिकिँदै जाँदा गुल्मी जिल्लामा राजनीतिक गतिविधि थप चहलपहल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

सम्बन्धित

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

भक्तपुरमा घरेलु विवादले मृत्यु निम्यायो

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

चुनाव भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका छ :राजन भट्टराई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com