ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति


एबीसी न्यूज

 काठमान्डौ, माघ २

नेपाल बार एशोसिएशनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयप्रति आपत्ति जनाएको छ।

महान्यायाधिवक्ता कार्यालयले ती दुई अभियोग फिर्ता लिने निर्णय गरेपछि बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त निर्णयको विरोध गरेका हुन्। विज्ञप्तिमा फौजदारी न्याय प्रणालीमा गम्भीर विचलन आएको र कानुनको शासन कमजोर हुने खतरा रहेको उल्लेख गरिएको छ।

बारले उक्त निर्णयले अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणलाई बढावा दिई दण्डहीनता सिर्जना गर्ने भन्दै निर्णय फिर्ता लिन माग गरेको छ।

यसैबीच, महान्यायाधिवक्ता कार्यालयको निर्णय खारेज गर्न र कार्यान्वयन नगर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएका छन्।

महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयअनुसार, रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर सहकारी ठगीसम्बन्धी मुद्दा कायम रहने तर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग भने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम संशोधन गरिने उल्लेख छ।

लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधका कारण अभियोजन गरिएको भन्दै अभियोग संशोधनका लागि निवेदन दिएको निर्णयमा उल्लेख गरिएको छ। दफा ३६ अनुसार अदालतमा दायर मुद्दामा मागदाबी संशोधन गर्न महान्यायाधिवक्ताको स्वीकृति आवश्यक हुन्छ।

यसअघि कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहित मुद्दा दायर भएको थियो। उच्च अदालत बुटवलको आदेशअनुसार धरौटी बुझाएर उनी हाल पुर्पक्षका लागि रिहा भएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

सम्बन्धित

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

भक्तपुरमा घरेलु विवादले मृत्यु निम्यायो

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

चुनाव भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका छ :राजन भट्टराई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com