ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का


एबीसी न्यूज

काठमान्डौ, माघ २

 नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवामाथि लक्षित गरी सार्वजनिक रूपमा लगाइएका आरोपहरू असत्य र भ्रामक भएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले विशेष महाधिवेशनको विषयलाई लिएर पार्टीभित्र गलत व्याख्या र अतिरञ्जना गरिएको दाबी गरे। उनका अनुसार नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष तत्कालीन महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितको बैठकले नै निकालेको थियो।

खड्काले प्रतिनिधिसभा निर्वाचन प्रक्रिया अघि बढिसकेको र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको संवेदनशील अवस्थामा पार्टीभित्र अस्थिरता सिर्जना गरिएको बताए। विशेष महाधिवेशनको नाममा अघि सारिएको गतिविधिले पार्टी विखण्डनको जोखिम बढाउने भन्दै त्यसबेला नेतृत्वले त्यसलाई रोक्न पहल गरेको उनको भनाइ छ।

उनका अनुसार तत्कालीन महामन्त्रीहरूले उठाएका विषयहरू सम्बोधन गर्न सभापति देउवाले स्वयं छलफल आह्वान गरेका थिए र राष्ट्रिय सभा तथा समानुपातिकतर्फका उम्मेदवार चयनमा सहमतिअनुसार निर्णय गरिएको थियो। प्रत्यक्षतर्फको टिकट वितरणमा समेत पार्टी एकता जोगाउन लचकता देखाउन आग्रह गरिएको खड्काको दाबी छ।

पार्टीभित्र देखिएको वर्तमान अवस्थाका लागि सभापतिलाई दोषारोपण गरिएकोप्रति आपत्ति जनाउँदै खड्काले विशेष महाधिवेशन बोलाउने अधिकार विधानअनुसार तत्कालीन महामन्त्रीहरूलाई नरहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

सम्बन्धित

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

भक्तपुरमा घरेलु विवादले मृत्यु निम्यायो

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com