ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले संसद्‌मा बोल्दा ओलीको अनुपस्थितिप्रति पूर्वसभामुख रानाभाट र सापकोटा अचम्मित


एबीसी न्यूज

काठमाडौं २५ माघ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिबाट पूर्वसभामुख तारानाथ रानाभाट र अग्निप्रसाद सापकोटा अचम्मित बनेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष समय लिएर सम्बोधन गरेका थिए।

उनले सम्बोधन गर्ने कुरा मंगलबार नै सार्वजनिक भइसकेको थियो।

‘प्रधानमन्त्री भनेको सिंगो संसदको नेता हो,’ पूर्वसभामुख रानाभाटले भने, ‘प्रतिनिधि सभाको बैठक १८ माघमा सुरु भए पनि छलफलको सुरुवात बिहीबारबाट भएकाले बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुनुपर्थ्यो।’

यति महत्त्वपूर्ण अवसरमा प्रधानमन्त्रीको अनुपस्थितिलाई पूर्वसभामुख रानाभाटले विश्वको संसदीय इतिहासकै अनौठो घटना मानेका छन्।

‘ओलीले जे गर्नुभयो, नेपालको संसदीय प्रजातन्त्रको इतिहासमा उहाँबाहेक अन्य प्रधानन्त्रीले यस्तो गरेको जानकारी मलाई छैन,’ रानाभाटले भने, ‘उहाँको अनुपस्थिति संसदीय लोकतन्त्रका लागि त्यति राम्रो सन्देश होइन।’

निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाका भनाइमा, प्रमुख प्रतिपक्षी दलको नेता बोल्ने दिन प्रधानमन्त्रीको अनुपस्थिति संसदको अपमान हो।

‘प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा प्रचण्डले संसदमा सम्बोधन गर्ने कुरा सार्वजनिक भइसकेको थियो,’ पूर्वसभामुख सापकोटाले भने, ‘प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्ने दिन प्रधानमन्त्री ओली किन आउनुभएन, त्यो उहाँले जान्ने कुरा भयो। तर, उहाँको यो व्यवहारबाट सिंगो संसदको अपमान भएको छ।’

सापकोटाका अनुसार, प्रमुख प्रतिपक्षी दलका नेताले संसदमा बोल्ने योजना छ भने सम्बन्धित दलको प्रमुख सचेतकले सभामुखलाई जानकारी गराउँछन्। सोही अनुसार सभामुखले सम्बोधनको समय उपलब्ध गराउँछन् र कार्यसूची तयार गर्छन्।’

‘प्रधानमन्त्री सिंगो संसदको नेता हो। त्यसैले, प्रधानमन्त्रीलाई संसद सचिवालयले सदनको सम्पूर्ण कार्यसूचीबारे जानकारी गराएको हुन्छ, कार्यपालिका प्रधानमन्त्री वा सरकार ले नै व्यवस्थापिकालाई बिजनेस दिने भएकाले प्रतिनिधि सभामा के हुँदै छ भन्ने जानकारी प्रधानमन्त्रीलाई हुन्छ,’ पूर्वसभामुख सापकोटाले भने, ‘यस्तोमा संसदमा प्रमुख प्रतिपक्षी दलको नेताको सम्बोधन हुँदै छ भन्ने जानकारी प्रधानमन्त्रीलाई नहुने भन्ने हुँदैन।’

‘संसदीय प्रजातन्त्रको जननी मानिने बेलायतमा प्रमुख प्रतिपक्षी दलको नेताले बोल्दै छन् भने अति महत्त्वपूर्ण कार्यक्रमसमेत छाडेर प्रधानमन्त्री संसदमा उपस्थित हुने गरेको इतिहास छ,’ सापकोटाले थपे, ‘प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्ने दिन संसदमा प्रधानमन्त्रीको उपस्थिति संसदीय परम्परा र संस्कारभित्रै पर्ने कुरा हो।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

सम्बन्धित

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

भक्तपुरमा घरेलु विवादले मृत्यु निम्यायो

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com