ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उम्मेदवारका पिता मतदानबाट वञ्चित


admin

झापा, १३ असार । अर्जुनधारा नगरपालिका– ३ खुदुनावारीका ७२ वर्षीय युवनाथ पौडेल उम्मेदवार रहनुभएका आफ्ना जेठो छोरालाई मतदान गर्नबाट वञ्चित हुनुभएको छ ।

मतदाता नामावलीबाट नाम हटेका कारण उहाँ उम्मेदवार बन्नुभएका छोरा कुलचन्द्रलाई मतदान गर्नबाट वञ्चित हुनुभएको हो । कुलचन्द्र अर्जुनधारा नगरपालिका– ३ मा नेपाली काँग्रेसबाट वडा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

विसं २०७१ चैतमा युवनाथले चन्द्रगढीस्थित निर्वाचन कार्यालयमा गएर फोटो खिचाउनुभएको थियो । तर फोटो खिचाएको रसिद बोकेर आज मतदाता परिचयपत्र लिन जाँदा उहाँले मतदाता नामावलीमा आफ्नो नाम भेट्टाउनु भएन् ।

वर्षांैदेखि मतदान गर्दै आउनुभएका यदुनाथ नामावलीबाट नाम हटेकोमा ज्यादै दुःखी हुनुभएको छ । उहाँ पञ्चायतकालमा खुदुनाबारीको वडाध्यक्षसमेत भइसक्नु भएको छ । निर्वाचन अधिकृत राधाकृष्ण खतिवडालाई उहाँले आफ्नो दुःखेसो पोख्नुभयो । तर अधिकृत खतिवडाले मतदाता नामावलीमा नै नाम नभएपछि मतदान गर्न नमिल्ने कानुनी व्यवस्था भएको पौडेललाई जानकारी गराउनुभयो ।

“तपाईले फोटो खिचाएको प्रमाण त छ, तर निर्वाचन आयोगको गल्तीका कारण मतदाता नामावलीमा नाम समावेश हुनसकेन,” निर्वाचन अधिकृत खतिवडाले युवनाथलाई सम्झाउँदै भन्नुभयो– “नामावलीमा नाम नभेटिएपछि मैले कसरी मतदान गर्ने व्यवस्था मिलाउने ?”

युवनाथका अर्का छोरा नेत्रप्रसादको पनि मतदाता नामावलीमा नाम भेटिएन । आयोगको त्रुटिका कारण जिल्लामा धेरै मतदाताको नाम नामावलीमा नभेटिएको गुनासो आउन थालेको छ ।

“नामावलीमा मेरो पनि नाम रहेनछ,” अर्जुनधारा नगरपालिका कार्यालय छेउमै घर भएकी छविमाया अधिकारीले भन्नुभयो । उहाँले मतदाता परिचय पत्रका लागि गत वर्ष नगरपालिका कार्यालयमै गई फोटो खिचाएको बताउनुभयो ।

जिल्ला निर्वाचन अधिकृत गोपालप्रसाद आचार्यले मतदाता नामावलीबाट नाम हटेकोबारे आफूलाई कुनै पनि जानकारी नभएको बताउनुभयो ।

प्रचार सामग्री हटाइए

निर्वाचन आचारसंहितामा व्यवस्था भए बमोजिम मौन अवधिको पालना गर्दै मेचीनगरपालिकाका उम्मेदवारले सार्वजनिकस्थलबाट प्रचार सामग्री हटाएका छन् ।

नगरका मुख्य बजार काँकडभिट्टा, इँटाभट्टा र धुलावारी क्षेत्र सोमबार दिउँसोदेखि प्रचार सामग्रीमुक्त भएका छन् । राजमार्गका चोक, रेलिङ र रुखमा राखिएका ब्यानर, झन्डा र पोस्टर हटाउन दलहरुले आफ्ना कार्यकर्तालाई परिचालन गरेका छन् ।

निर्वाचन आचारसंहिताअनुसार राजमार्गलगायत स्थानमा झन्डा राख्न, पोस्टर टाँस्न र भित्तेलेखन गर्न पाइँदैन । निजी घरमा भने अनुमति लिएर मात्र पाइन्छ । नेपाली काँग्रेस मेचीनगरका प्रचार प्रमुख पुष्पराज पौडेलले आचारसंहिताको पूर्ण रुपमा पालना गरेको बताउनुभयो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले समेत सार्वजनिकस्थलबाट प्रचार सामग्री हटाएको छ । एमालेका मेचीनगर अध्यक्ष एवम् मेचीनगरपालिका– ६ का वडाध्यक्ष पदका उम्मेदवार राजु पोखरेलले नगरका चोक र राजमार्ग क्षेत्रमा राखिएका सबै प्रचार सामग्री हटाइएको बताउनुभयो ।

माओवादी केन्द्रका चुनाव प्रचार समितिका संयोजक राजु दाहालले मौन अवधि सुरु हुनुअघि नै सार्वजनिकस्थलमा राखिएका पोस्टर, ब्यानर र हँसिया हथौडासहितका झन्डा हटाइएकोे बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com