ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१ लाख ४२ हजार होटल तथा रेस्टुरेन्टमा ५ खर्ब ४३ अर्ब लगानी


एबीसी न्यूज

काठमाडौं १७ पुस । नेपालमा राष्ट्रिय होटल तथा रेस्टुरेन्टको संख्या १ लाख ४२ हजार २२३ रहेका छन्।  बुधबार राष्ट्रिय तथ्यांक कार्यालयले काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय होटल तथा रेस्टुरेन्टको संख्या देशभर १ लाख ४२ हजार २२३ रहेको जनाएको हो।

आर्थिक वर्ष २०७९र०८० भित्र तथ्यांक कार्यालयले गरेको सर्वेक्षणमा आवास तथा भोजन सेवा प्रदान गर्ने होटल तथा रेस्टुरेन्टको संख्या १ लाख ४२ हजार २२३ रहेको जानकारी दिएको छ। उक्त संख्यामा रहेका होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूको संख्या ३ लाख ८७ हजार ७४७ रहेको तथ्यांक कार्यालयले जनाएको छ।

सार्वजनिक तथ्यांकअनुसार देशभरका १ लाख ४२ हजार २२३ वटा होटल तथा रेस्टुरेन्टमा काम गर्नेहरूको संख्या एक लाख ६ हजार ४५९ रहेको छ। यस अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले कार्यरत तलवी कामदारहरूको लागि तलव ज्याला र सुविधामा करिब २० अर्ब ६१ करोड ५० लाख खर्च हुने गरेको तथ्यांकले देखाएको छ।

सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूको करिब २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य लागत गरी करिब ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ।

होटल तथा रेस्टुरेन्टले नेपालको अर्थतन्त्रमा करिब १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गरेको छ। देशभर सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टको करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको तथ्यांकले देखाएको छ।

पत्रकार सम्मेलनमा तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले तथ्यांक संकलनमा सकेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरू पूरा गरेको बताए। गणकहरूलाई दिने सेवा सुविधाहरूमा कमी रहेको उनको भनाई थियो।

उनले भने, ‘तथ्यांक संकलनमा जानेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरु पूरा गर्दछौँ। नियतले जाने बुझेसम्म गलत गर्दैनौँ। तैपनि गणकहरुलाई दिने सेवा सुविधाहरु साह्रो कमजोर छ। सिमित पारिश्रमीकमा गणकहरुलाई खटाएका छौँ। फिल्डमा गएर काम गर्न धेरै नै गाह्रो छ।’

होटल तथा रेस्टुरेन्टमध्ये करिब २८।४५ ले वित्तीय संस्थाहरुसँग ऋण लिएको देखिएको र ७१।६५ प्रतिष्ठानहरूको ऋण नभएकोरनलिएको देखिएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सम्बन्धित

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा

नेकपा–कांग्रेस दुवैमा असन्तुष्टि, दाङ र सिन्धुलीमा नेकपाका बागी

सवैभन्दा बढी उम्मेदवार रुपन्देहीमा, हिमाली जिल्लामा एक अङ्कमै प्रतिस्पर्धा

गठबन्धनबाट एकल उम्मेदवारीतिर : कांग्रेसको १६५ क्षेत्रमा उम्मेदवारी (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com