काठमाडौं माघ ६। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि साविकको काठमाडौं क्षेत्र नं। ४ छोडेर सर्लाही ४ रोजेका थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टीको टिकट वितरणलगायतका कार्यमा व्यस्त रहेकाले थापाले प्रत्यक्ष उपस्थित हुन नसकेपछि उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । थापाको तर्फबाट वारेस बनेका प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले समर्थकसहित क्षेत्र नम्बर ४ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराए ।
सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरेशकुमार सिंह, जनता समाजवादी पार्टीबाट रामेश्वर राय तथा नेकपाबाट डा। रजनीश रायले पनि उम्मेदवारी दर्ता गराएका छन् ।








प्रतिक्रिया दिनुहोस्