काठमाडौं १७ पुस । एमालेबाट निष्कासित नेता भीम रावलले ललिता निवास जग्गा प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको इसारामा उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाएको आरोप लगाएका छन् ।
उनले बुधबार पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन् । रेग्मी र पौडेलले आफ्नो नाममा भएको ललिता निवासको जग्गा विवादमा परेपछि फिर्ता गरेका थिए ।
‘ललिता निवास बालुवाटार जग्गा भ्रष्टाचार प्रकरणमा विष्णुप्रसाद पौडेलका छोरा नवीन पौडल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले अवैध रूपमा प्राप्त गरेको जग्गा सरकारलाई फिर्ता गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजको नाममा मुद्दा दर्ता गर्न नपर्ने फैसला तपाईंकै इसारामा गरेको होइन र रु,’ उनको आरोप थियो, ‘कसैले चोरी गरेको सामान फिर्ता गर्दैमा दण्ड सजाय नगर्ने कानुन छ र ?








प्रतिक्रिया दिनुहोस्