ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

को बन्ला अबको सभामुख ? तनाबमा प्रचण्ड


admin

काठमाडौं, २४ फागुन । एमालेसँग चुनावी तालमेल गरेको माओवादी केन्द्रभित्र सभामुख बन्नको लागि आकांक्षी आधा दर्जनभन्दा बढी छन् । सार्वजनिक रुपमा मुख नखोले पनि माओवादी केन्द्रका नेताले राष्ट्रपति र प्रधानमन्त्री एमालेले पाएपछि सभामुख आफुले पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

यही आधारमा सभामुखका लागि माओवादीका नेताहरुबीच को सभामुख बन्ने भन्ने बारेमा चर्को विवाद उत्पन्न भएको छ ।

पार्टीभित्र आधा दर्जन नेताले सभामुखका लागि दाबेदारी देखाउँदै लविङ बढाउन अध्यक्ष प्रचण्डलाई दबाव दिन थालेका छन् । धेरै आकांक्षी भएपछि माओवादीमा सभामुख छान्ने कुरा गृहमन्त्री छान्नुभन्दा बढी तनाबको बन्ने निश्चित भएको छ ।

अघिल्लो पटक सभामुख बन्न आग्रह गर्दा अस्वीकार गरेका कृष्णबहादुर महरा यसपटक आफु सभामुखको स्भाविक दाबेदार भएको दाबी गरेका छन् । आफु नबोले पनि भित्रभित्र प्रचण्डलाई दबाब दिने काम महराबाट भएको छ । आफुलाई भारत र चीनको उत्तिकै विश्वासपात्र सम्झिने महराले प्रचण्डलाई दुई देशको सन्तुलन मिलाउन पनि आफै सभामुख हुनुपर्ने तर्क गरेका छन् । तर, महराले बाहिर अरु नेताले जस्तो सार्वजनिक रुपमा म बन्नुपर्छ भनेर बोल्दैनन् ।

दुई वर्ष सभामुख बनेर अनुभव बटुलेको आधारमा यसपटक पनि आफै सभामुख बन्नुपर्ने तर्क ओनसरी घर्तीले गरेकी छिन् । उनका श्रीमान वर्षमान पुनले सरकारको नेतृत्व आफुले पाउनुपर्ने या गृहमन्त्री पाउनुपर्ने त्यो नभए ओनसरीलाई सभामुखमा निरन्तरता दिनुपर्ने भन्दै प्रचण्डलाई दबाब दिँदै आएका थिए । अध्यक्ष प्रचण्डको अतिनिकट भएको दाबी गर्ने पुनकै कारण सरकारमा मन्त्री छान्न माओवादीलाई सकस परको थियो ।

तर, पुन, एमाले माओवादी एकताप्रति सकारात्मक नभएको भन्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पुनलाई विश्वसनीय मान्दैनन् । यद्यपी, राष्ट्रपति र उपराष्ट्रपति दोहोर्याएपछि सभामुख पनि दोहोर्याउनु उचित हुने भन्दै पुनले आफुनिकट नेता कार्यकर्ता र संचारमाध्यम भने अझैसम्म पनि प्रयोग गर्न छोडेका छैनन् ।

आफुले कानुन पढेको भन्दै सभामुख चलाउन योग्य रहेको दलील पेश गरेका छन्, अर्का नेता देव गुरुङले । रामबहादुर थापासँगै पार्टी छोडेर एकवर्षअघि पुनः भित्रिएका गुरुङले सिनियर नेता भएका कारण पनि आफुले सभामुख पाउनुपर्ने दाबी गरेका छन् । माओवादीको यसअघि बसेको केन्द्रीय कार्यालय बैठकमा गुरुङले सभामुख हुन पाउनुपर्ने औपचारिक प्रस्ताव राखेका थिए । यद्यपी, सबै पद बादल गुटले मात्र पाउन नहुने भन्दै उनीविरुद्ध माओवादीका तेस्रो तहका नेताहरु खडा भएका छन् ।

उता, प्रचण्डकी बुहारी बिना मगरलाई ७ नं। प्रदेशबाट मन्त्रीको रुपमा पेश गर्दै आफु सभामुख बन्न पाउनुपर्ने दाबी गरेका छन्, लेखराज भट्टले । सुदुरपश्चिममा एकलौटी निर्णय गर्दै आएका भट्टले प्रचण्डलाई रिझाउनकै लागि बिनालाई मन्त्रीमा सिफारिस गरेका थिए ।

माओवादीभित्र गच्छदार प्रवृति धारण गरेको भनेर चिनिने गिरिराजमणि पोखरेलले पनि यसपाला सभामुख बन्न पाउनुपर्ने दाबी गरेका छन् । अहिलेसम्म कुनैपनि सरकारमा मन्त्री बन्न नछुट्ने पोखरेलले यसपाला नारायणकाजी गुटको फाइदा उठाउँदै मन्त्री भन्दा सभामुखमै नजर लगाइरहेका छन् । अघिल्लो पटक सभामुख बन्न आग्रह गर्दा पोखरेलले अस्वीकार गरेका थिए ।

अर्का नेता अग्निप्रसाद सापकोटाले पनि प्रचण्डलाई दबाब बढाएका छन् । आफु मन्त्री नबन्ने भएपछि सभामुख बनाइदिन सापकोटाले आफु निकट नेता कार्यकर्ताबाट प्रचण्डलाई दबाब बढाएका हुन् ।

धेरै नेताहरुले सभामुख ताकेपछि अध्यक्ष प्रचण्ड भने तनाबमा परेका छन् । पूर्व सभामुख एवं एमाले नेता सुवास नेम्वाङलाई ‘अन्तिममा सभामुख बन्ने त तपाईं नै हो’ भनेर एमाले अध्यक्ष केपी ओलीकै सामुन्ने बचन दिएका प्रचण्ड अहिले न त सभामुखमा सुवास नेम्वाङ नै हो भन्न सक्छन्, न त, आफ्ना नेताहरुलाई नै व्यवस्थापन गर्न सक्ने अवस्थामा छन् ।

यौटा सभामुख बनाउन ६-६ जना नेताको हानथाप बढेपछि तनाबमा परेका प्रचण्डले सभामुख पदबारे निर्णय गर्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अन्तिम छलफल गर्ने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com