ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि जित्दै ट्रम्प


एबीसी न्यूज

काठमाडौं २१ कात्तिक । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प जित निकट पुग्नुभएको छ ।

राष्ट्रपति पदका अर्का प्रत्याशी डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले ट्रम्पलाई कडा चुनौती दिनुभएको छ । ट्रम्प यसअघि एक(पटक राष्ट्रपति पदमा चुनाव जितिसकेका र एक(पटक हारेक उम्मेदवार हुनुहुन्छ ।

यो समाचार तयार पार्दासम्म ट्रम्पले २६७ इलेक्टोरल मत जित्नुभएको छ । उहाँको प्रतिस्पर्धी ह्यारिसले २२४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । धेरै राज्यहरूमा रिपब्लिकन पार्टीका उम्मेदवार र पूर्व राष्ट्रपति ट्रम्प विजयी भएपछि उहाँको जित सन्निकट भएको हो । अमेरिकी मतदाताले चुनावमा मतदान गरेर प्रत्यक्ष रूपमा राष्ट्रपति चयन गर्दैनन् । त्यसैले अमेरिकामा चुनावी नतिजा स्पष्ट हुन केही समय लाग्नेगर्छ ।

सन् २०१६ मा पहिलो कार्यकाल राष्ट्रपति बन्नुभएका ट्रम्प सन् २०२० मा डेमोक्रेटिकका उम्मेदवार जो बाइडनसँग पराजित हुनुभएको थियो । अहिले तेस्रो पटक चुनावी प्रतिस्पर्धामा रहनुभएका ट्रम्पलाई पुनः अमेरिकी राष्ट्रपतिको जिम्मेवारी काँधमा आउने करिब सुनिश्चित भएको छ ।

अमेरिकी उच्च सदन ९सिनेट० मा रिपब्लिकन पार्टीले बहुमत ल्याइसकेको छ । पार्टीले चार वर्षपछि सिनेटमा आफ्नो सङ्ख्या बहुमतभन्दा माथि पुगाएको अमेरिकन मिडियाले समाचार प्रकाशन गरेका छन् । सदनमा रिपब्लिकन पार्टीको ५१ र डेमोक्रेट पार्टीको ४९ सांसद कायम रहने देखिएको छ । जित सुनिश्चित भएसँगै ट्रम्पले मतदातालाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ ।

ह्यारिसको सम्बोधन नहुने

राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले बुधबार सम्बोधन गर्ने तयारी गर्नुभएको थियो । तर निर्वाचनको परिणाम कमजोर आएपछि उहाँले अन्तिम समयमा आएर मतदातालाई सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थगित भएको बताइएको छ ।

ह्यारिसले सम्बोधन गर्ने खबर पाएपछि ठुलो सङ्ख्यामा उहाँका समर्थकहरू कार्यालय बाहिर जम्मा हुन थालेका थिए । तर उहाँ निकट एक वरिष्ठ सदस्यले आजका लागि निर्धारित सम्बोधन कार्यक्रम रद्द भएको बताएका छन् । कार्यक्रम रद्द भएपछि सम्बोधनका लागि ह्यारिस कार्यालय नआउने बिबिसीले जनाएको छ । राष्ट्रपतिका लागि सम्पन्न निर्वाचनको मतगणना अझै जारी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com