ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि जित्दै ट्रम्प


एबीसी न्यूज
कार्तिक २१, २०८१ बुधबार  १ : ५० बजे

काठमाडौं २१ कात्तिक । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प जित निकट पुग्नुभएको छ ।

राष्ट्रपति पदका अर्का प्रत्याशी डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले ट्रम्पलाई कडा चुनौती दिनुभएको छ । ट्रम्प यसअघि एक(पटक राष्ट्रपति पदमा चुनाव जितिसकेका र एक(पटक हारेक उम्मेदवार हुनुहुन्छ ।

यो समाचार तयार पार्दासम्म ट्रम्पले २६७ इलेक्टोरल मत जित्नुभएको छ । उहाँको प्रतिस्पर्धी ह्यारिसले २२४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । धेरै राज्यहरूमा रिपब्लिकन पार्टीका उम्मेदवार र पूर्व राष्ट्रपति ट्रम्प विजयी भएपछि उहाँको जित सन्निकट भएको हो । अमेरिकी मतदाताले चुनावमा मतदान गरेर प्रत्यक्ष रूपमा राष्ट्रपति चयन गर्दैनन् । त्यसैले अमेरिकामा चुनावी नतिजा स्पष्ट हुन केही समय लाग्नेगर्छ ।

सन् २०१६ मा पहिलो कार्यकाल राष्ट्रपति बन्नुभएका ट्रम्प सन् २०२० मा डेमोक्रेटिकका उम्मेदवार जो बाइडनसँग पराजित हुनुभएको थियो । अहिले तेस्रो पटक चुनावी प्रतिस्पर्धामा रहनुभएका ट्रम्पलाई पुनः अमेरिकी राष्ट्रपतिको जिम्मेवारी काँधमा आउने करिब सुनिश्चित भएको छ ।

अमेरिकी उच्च सदन ९सिनेट० मा रिपब्लिकन पार्टीले बहुमत ल्याइसकेको छ । पार्टीले चार वर्षपछि सिनेटमा आफ्नो सङ्ख्या बहुमतभन्दा माथि पुगाएको अमेरिकन मिडियाले समाचार प्रकाशन गरेका छन् । सदनमा रिपब्लिकन पार्टीको ५१ र डेमोक्रेट पार्टीको ४९ सांसद कायम रहने देखिएको छ । जित सुनिश्चित भएसँगै ट्रम्पले मतदातालाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ ।

ह्यारिसको सम्बोधन नहुने

राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले बुधबार सम्बोधन गर्ने तयारी गर्नुभएको थियो । तर निर्वाचनको परिणाम कमजोर आएपछि उहाँले अन्तिम समयमा आएर मतदातालाई सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थगित भएको बताइएको छ ।

ह्यारिसले सम्बोधन गर्ने खबर पाएपछि ठुलो सङ्ख्यामा उहाँका समर्थकहरू कार्यालय बाहिर जम्मा हुन थालेका थिए । तर उहाँ निकट एक वरिष्ठ सदस्यले आजका लागि निर्धारित सम्बोधन कार्यक्रम रद्द भएको बताएका छन् । कार्यक्रम रद्द भएपछि सम्बोधनका लागि ह्यारिस कार्यालय नआउने बिबिसीले जनाएको छ । राष्ट्रपतिका लागि सम्पन्न निर्वाचनको मतगणना अझै जारी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सम्बन्धित

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

बंगलादेशले लोकतन्त्रको गहिरो समस्याको प्रहसन गर्दैछ : न्यूयोर्क टाइम्स

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

नेपालको निर्वाचनमा डार्क पीआर: अदृश्य युद्ध, भ्रामक सूचना र लोकतन्त्रको चुनौती

६० लाख लुटपाटमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

तामाकोसीमा बस खस्दा २ पुरुष र ४ महिलाको मृत्यु, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com