ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास


एबीसी न्यूज
माघ २७, २०८२ मंगलबार  ३ : ४८ बजे

राजविराज, २७ माघ |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह मंगलबार सप्तरीको राजविराज आउँदा समर्थक र नेता–कार्यकर्तालाई गाडीभित्रैबाट हात हल्लाउँदै फर्किएका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी राजविराज आएका शाह एकपटक पनि गाडीबाट ओर्लिएनन् ।

एकाबिहानैदेखि उनको प्रतीक्षामा बसेका पार्टी नेता–कार्यकर्ता र समर्थक गाडीबाट नओर्लिएको दृश्य हेरेरै बस्न बाध्य भए । गजेन्द्र चोक पुग्दा उनले स्वर्गीय नेता गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु) को सालिकमा गाडीभित्रैबाट माला फ्याँकेर अघि बढेपछि उपस्थितहरू आश्चर्य र असन्तुष्टिमा परेका थिए ।

गजेन्द्र बाबुको सालिकमा विधिवत् माल्यार्पण गरी त्यसैको छेउमा रहेको पार्टी कार्यालय पुग्ने कार्यक्रम तय भए पनि शाहले पार्टी कार्यालय अगाडि गाडी रोकेनन् । यसपछि समर्थक र नेता–कार्यकर्ता निराश देखिएका थिए ।

राजविराजकै एक होटलमा खाना खाइरहेका बेला पुनः फर्किएर पार्टी कार्यालय तथा सालिकमा माल्यार्पण गर्ने विश्वासमा एक घण्टाभन्दा बढी समय समर्थकहरू त्यहीँ पर्खिए । तर खाना सकेपछि शाह हुलाकी सडक हुँदै पश्चिमतर्फ लागेपछि प्रतीक्षामा रहेका नेता–कार्यकर्ता र समर्थक निराश हुँदै फर्किएका छन् ।

स्थानीय नेता–कार्यकर्ताहरूले यस घटनाले चुनावी माहोलमा नकारात्मक सन्देश गएको प्रतिक्रिया दिएका छन् । “मतदाता र कार्यकर्तासँग प्रत्यक्ष संवाद नगरी यसरी फर्किनु राजनीतिक हिसाबले गलत सन्देश हो,” एक स्थानीय नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सम्बन्धित

बंगलादेशले लोकतन्त्रको गहिरो समस्याको प्रहसन गर्दैछ : न्यूयोर्क टाइम्स

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

नेपालको निर्वाचनमा डार्क पीआर: अदृश्य युद्ध, भ्रामक सूचना र लोकतन्त्रको चुनौती

६० लाख लुटपाटमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

तामाकोसीमा बस खस्दा २ पुरुष र ४ महिलाको मृत्यु, उद्धार कार्य जारी

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com