ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त


एबीसी न्यूज

काठमाडौं २१ कात्तिक । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गर्नुभएको छ ।

टाइम्स अफ इजरायलका अनुसार लिकुड पार्टीका ग्यालेन्टको स्थानमा विदेश मन्त्री इजरायल काट्जलाई ल्याइने भएको छ । काट्जको स्थानमा गिदोन सारलाई विदेशमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ ।

टाइम्स अफ इजरायलले प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै नेतान्याहूले ग्यालन्टलाई रक्षा मन्त्रीको रूपमा पत्र प्राप्त भएको ४८ घण्टाभित्र पद समाप्त हुने जानकारी दिएको जनाएको छ ।

युद्धको सुरुवाती समयमा विश्वाससहितका कामहरु भएको भएपनि पछिल्लो समयमा विश्वसनियता घट्दै गएको जनाउदै नेतन्याहूले बर्खास्तको विज्ञप्ति जारी गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।

रक्षामन्त्रीसँगको विश्वासको सङ्कटले सैन्य अभियानलाई उचित मार्गदर्शन र सक्षम बनाउन नसकिने बताउँदै नेतान्याहूले यस्तो निर्णय गरेको बताउनुभएको छ ।

बर्खास्त भएपछि, ग्यालन्टले इजरायलको सुरक्षाका लागि सक्रिय रहने वाचा गर्दै सामाजिक सञ्जाल एक्सको पोस्टमा इजरायलको सुरक्षा सधैँ आफ्नो जीवनको लक्ष्य हुने र यसका लागि सधैँ लागिरहने बताउनुभएको छ ।

ग्यालन्टले ‘हमासद्वारा अपहरण गरिएका इजरायली ‘छोरा–छोरी’लाई फिर्ता ल्याउने नैतिक प्रतिबद्धतामा पनि जोड दिनुभएको छ । उनीहरू जीवित रहँदै सकेसम्म चाँडो उद्धार गर्नुपर्ने जनाउदै उहाँले विज्ञप्ति जारी गर्नुभएको छ ।

बन्धकहरूलाई फिर्ता ल्याउन सम्भव रहेको बताउँदै उहाँले त्यसका लागि उचित सम्झौता आवश्यक रहेको बताउनुभएको छ । मृत्यु भइसकेका बन्धकहरूलाई फिर्ता ल्याउन नसके पनि बाँकी बन्धकका लागि आवश्यक पहल गर्न जरूरी रहेको ग्यालान्टले उल्लेख गर्नुभएको छ ।

टाइम्स अफ इजरायलका अनुसार दर्जनौँ दक्षिणी इजरायली समुदायमा भएका आक्रमणमा ज्यान गुमाएका करिब एक हजार २०० मानिसको साथै २५१ जनालाई बन्धक बनाएको अक्टोबर–७ हमास आक्रमणको सरकारी अनुसन्धानका लागि पनि उहाँले आह्वान गर्नुभएको छ । राससरएएनआई

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com