ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेख हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता


एबीसी न्यूज
कार्तिक २१, २०८१ बुधबार  ११ : ४० बजे

काठमाडौं २१ कात्तिक । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब दुई सय बङ्लादेशीहरू अझै बेपत्ता रहेको बताइएको छ । जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले मङ्गलबार सो कुरा बताउनुभएको हो ।

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा भएको प्रदर्शन पछि हसिना हेलिकप्टर मार्फत छिमेकी देश भारत भाग्नुभएको थियो । हसिना सरकारमाथि मानव अधिकार हननको आरोप तथा सयौंको गैरकानुनी अपहरण र बेपत्ता भएको आरोप लगाइएको थियो ।

हाल कार्यवाहक सरकारले गठन गरेको अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको तर अझै धेरैको विवरण नआएको जनाएको छ ।

आयोगका अध्यक्ष मोइनुल इस्लाम चौधरीले सरकार र न्यायपालिकामा संस्थागत विच्छेदले पनि हसिनाको नेतृत्वमा दण्डहीनताको वातावरण फस्टाएको बताउनुभएको छ । उनीहरूले कानुन प्रवर्तन एजेन्सीलाई सार्वजनिक हितमा नभइ आफ्नै एजेण्डा र राजनीतिक हितका लागि प्रयोग गरेको बताउनुभएको छ ।

आयोग नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारका लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने प्रयासको हिस्साको रूपमा स्थापना गरेको थियो । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सम्बन्धित

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

बंगलादेशले लोकतन्त्रको गहिरो समस्याको प्रहसन गर्दैछ : न्यूयोर्क टाइम्स

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

नेपालको निर्वाचनमा डार्क पीआर: अदृश्य युद्ध, भ्रामक सूचना र लोकतन्त्रको चुनौती

६० लाख लुटपाटमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

तामाकोसीमा बस खस्दा २ पुरुष र ४ महिलाको मृत्यु, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com