ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोल्दोभामा राष्ट्रपतीय निर्वाचन, सन्दुको जीत सुनिश्चित


एबीसी न्यूज

काठमाडौं १९ कात्तिक । मोल्दोभाका वर्तमान राष्ट्रपति मइया सान्दुले ५४।१९ प्रतिशत मत प्राप्त गरी देशको राष्ट्रपतीय निर्वाचनमा अग्रता लिनुभएको छ ।

मोल्दोभाको केन्द्रीय निर्वाचन आयोगले ९७।८ प्रतिशत मत गणना गर्दासम्म दोस्रो चरणको निर्वाचनबाट राष्ट्रपति सन्दुले ५४।१९ मतसहित अग्रता कायम गर्नुभएको छ । राष्ट्रपतिका मुख्य दाबेदार पूर्व महान्यायाधिवक्ता अलेक्जेन्डर स्टोयानोग्लो ४५।८१ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

मत परिणाम हेर्दा इयू निकट राष्ट्रपति सन्दुको बिजय करिब सुनिश्चत भएको छ, यद्यपि, मतगणना जारी छ । निर्बाचनलाई इयू निकट उम्मेदवार सन्दु र रूस निकट स्टोयानोग्लाबिचको प्रतिस्पर्धालाई इयू र रूस दुबैले प्रतिष्ठाको बिषय बनाएका छन् ।

आगामी चार वर्षे कार्यकालका लागि हुने निर्बाचनमा मतदानपछि राष्ट्रपति सन्दुले भन्नुभयो, “मैले मतदान गरेँ । मलाई विश्वास छ हाम्रा मतदाताले देशको लागि राम्रो मार्ग छनौट गर्नेछन्। अहिले पहिलेभन्दा अझ बढी एकताका साथ हामी देशको शान्ति र स्वतन्त्रताको पक्षमा उभिनुपर्छ।”

पार्टी अफ एक्सन एण्ड सोलिडारिटीको पूर्व नेताको रूपमा उहाँले पहिलो चरणको चुनावमा सबैभन्दा बढी ४२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने मोल्दोभाको समाजवादी पार्टीद्वारा समर्थित स्टोयानोग्लोले करिब २६ प्रतिशत मत पाउन्भएको थियो । स्टोयानोग्लोले अपेक्षा गरिएभन्दा अत्यधिक बढी मत पाउनु भएको हो ।

सन्दुले ‘स्वतन्त्र, स्थिर, समृद्ध मोल्दोभा’ प्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै देशको युरोपेली सङ्घ ९इयू० सँग एकीकरणको मार्गका लागि आफ्नो समर्थनमा जोड दिनुभयो । अक्टोबर २० मा भएको राष्ट्रपतीय चुनावपछि, मोल्दोभामा शीर्ष दुई उम्मेदवारबिच दोस्रो चरणको निर्वाचन भएको छ ।

पहिलो चरणमा राष्ट्रपतिपदको दौडमा रहेका ११ उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत वा एक मतको रूपमा परिभाषित मतको पूर्ण बहुमत प्राप्त गर्न सकेका थिएनन् । रासस, एएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com