ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनको पूर्वसन्ध्यामा जापानका प्रधानमन्त्री इशिबालाई कमजोर समर्थन


एबीसी न्यूज
कार्तिक ५, २०८१ सोमबार  १२ : ५० बजे

काठमाडौं ५ कात्तिक । जापानका नयाँ प्रधानमन्त्री शिगेरु इशिबाको अनुमोदन आगामी अक्टोबर २७ मा हुने आम निर्वाचनअघि घटेको एक साताको सर्वेक्षणले देखाएको छ । पूर्व रक्षामन्त्री इशिबाले लिबरल डेमोक्र्याटिक पार्टी एलडीपी को नेतामा निर्वाचित भएपछि यसै महिना पदभार ग्रहण गर्नुभएको थियो ।

इशिबाका पूर्ववर्ती फुमियो किशिदाको कार्यकालमा कोषको घोटाला र ‘युनिफिकेसन चर्च’सँग एलडीपीका सांसदहरूको सम्बन्ध र बढ्दो मूल्यवृद्धिमा मतदाताहरूको असन्तोषका कारण पार्टीको रेटिङमा गिरावट आएको थियो ।

क्योदो न्यूजले शनिबार र आइतबार गरेको सर्वेक्षणले इशिबाको क्याबिनेटका लागि हालको अनुमोदन रेटिङ ४१।४ प्रतिशत रहेको देखाएको छ ।

करिब एक हजार २६० मतदातामा गरिएको पछिल्लो सर्वेक्षणमा अस्वीकृति दर ४०।४ प्रतिशत रहेको क्योदोले आइतबार जनाएको छ । अक्टोबर १२ देखि १३ सम्म भएको मतदानमा ३६।७ प्रतिशतले असहमति जनाएका थिए ।

“यो चुनाव हाम्रा लागि वास्तवमै जटिल र कठिन हुनेछ,” इशिबाले गत साता चुनावी सभालाई सम्बोधन गर्दै भन्नुभएको थियो ।उदारवादी झुकाव भएको असाही शिम्बुन पत्रिकाले सप्ताहान्तमा गरेको अर्को सर्वेक्षणमा इशिबाको क्याबिनेटलाई ३३ प्रतिशतले समर्थन गरेको पाइएको थियो ।

असाहीको रिपोर्टमा भनिएको छ, “यो ४२ प्रतिशत अनुमोदन र ३१ प्रतिशत अस्वीकृति जनाइएकोे योे परिणाम सन् २०२१ मा किशिदाले प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो आम निर्वाचनअघि सामना गर्नुपरेको भन्दा पनि खराब छ ।”

एलडिपी र उसको कनिष्ठ गठबन्धन साझेदार कोमेइतोले आगामी निर्वाचनमा बहुमत गुमाउने खतरा रहेको उक्त दैनिकपत्रिकाले जनाएको छ ।

जिजी प्रेसले आफ्नो सर्वेक्षण र रिपोर्टिङले गठबन्धनले आफ्नो बहुमत कायम राख्ने सम्भावना देखाएको छ, यद्यपि एलडीपीले एक्लै बहुमत प्राप्त गर्न सक्दैन । यो सम्भावना अन्य सञ्चारमाध्यमले विगतका धेरै सर्वेक्षणमा प्रतिबिम्बित गरेको भन्दा पनि खराब छ ।

सन् २०१२ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेले भारी मतान्तरले जित हासिल गरेपछि कन्जरभेटिभ एलडीपी र बौद्ध धर्मावलम्बी समूह समर्थित नरमपन्थी पार्टी कोमेइतो सत्तामा छन् । एलडीपीलाई सन् २००९ मा अधिक वामपन्थी विपक्षीहरूले पराजित गरेका थिए ।

एलडीपीका महासचिव हिरोशी मोरियामाले आइतबार सार्वजनिक प्रसारक एनएचकेद्वारा प्रसारित एक बहस कार्यक्रममा भन्नुभयो, “हामीले हाम्रो बहुमत गुमाएनौँ वा गुमायौँ भने पनि हामीले समान नीतिका साथ देशको विकास गर्न प्रयास गरिरहेका पार्टीहरूसँग सकारात्मक वार्ता गर्नुपर्छ।” राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

सम्बन्धित

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

नेकपाको प्रतिबद्धता : अन्तरजातीय विवाह गर्ने जोडीलाई बिना धितो १५ लाखसम्म कर्जा

नेकपाको प्रतिबद्धतापत्र : ‘भोकमुक्त’ नेपालको सङ्कल्प (तस्बिरहरू)

नेकपाको वर्गीकरण : कांग्रेस–एमाले ‘यथास्थितिवादी’, ‘नयाँ शक्ति’ ‘पपुलिष्ट’ !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com