ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण बेरुतका दुई छिमेक खाली गर्न इजरायली सेनाको आदेश


एबीसी न्यूज

काठमाडौं ४ कात्तिक । इजरायली सेनाले आइतबार बिहान दक्षिण बेरुतका दुई छिमेकमा ‘हिजबुल्लाहसँग सम्बद्ध’ भनिएका भवनहरू नजिक रहेका नागरिकहरूलाई तुरुन्तै खाली गर्न आदेश दिएको छ । सेनाले दुई नक्सामा सुविधाहरू चिह्न लगाउँदै र सेनाले चाँडै तिनीहरूविरुद्ध ‘काम गर्ने’ भन्दै उक्त आदेश दिएको हो ।

उक्त ‘जरुरी चेतावनी’ सेनाका अरबी प्रवक्ता अभिचय अद्राईद्वारा जारी गरिएको थियो र यसले हारेत ह्रेइक र हदाथ छिमेकलाई सम्बोधन गरेको थियो ।

“तपाईं हिजबुल्लाहसँग सम्बद्ध सुविधा र हितहरू नजिक हुनुहुन्छ, हिजबुल्लाहविरुद्ध आइडिएफले निकट भविष्यमा काम गर्नेछ”, अद्राईले टेलिग्राममा भन्नुभयो, “तपाईं र तपाईंका परिवारका सदस्यहरूको सुरक्षाका लागि तपाईंले तुरुन्तै भवन र त्यससँग जोडिएका भवनहरू खाली गर्नुपर्छ र त्यहाँबाट कम्तीमा पाँच सय मिटर टाढा जानुपर्छ ।”

लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरहरूमा गढ रहेको इरान–समर्थित हिजबुल्लाहविरुद्ध इजरायलले आफ्नो अभियान तीव्र पारेपछि यस्तै चेतावनीहरूले हालैका साताहरूमा इजरायली हवाई आक्रमणहरूको सङ्केत गरेका छन् ।

इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासको सहयोगी हिजबुल्लाहबीच गत वर्ष गाजामा युद्ध सुरु भएपछि लेबनानी सीमापार लगभग दैनिक गोलाबारी आदानप्रदान भइरहेका थिए ।

यद्यपि इजरायलले विनाशकारी हवाई आक्रमणहरू सुरु गर्दै र स्थल सेनाहरू तैनाथ गर्दै गत महिनाको अन्त्यतिर आफ्नो अभियानलाई तीव्र रूपमा बढाएको थियो ।

लेबनानी स्वास्थ्य मन्त्रालयका आँकडाअनुसार सेप्टेम्बरको अन्त्यदेखि युद्धबाट लेबनानमा कम्तीमा एक हजार चार सय ५४ जनाको ज्यान गएको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com