ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने ओली चाहना, निर्णायक नेपालको बोली


admin

काठमाडौं, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने या नदोहोर्‍याउने भन्ने निर्णयको मुख्य साँचो एमालेका वरिष्ठ नेता माधवकुमार नेपालमा हातमा पुगेको छ।

राष्ट्रपतिको उम्मेदवार चयनका सम्बन्धमा पार्टीले आज अपरान्ह ३ बजे स्थायी समितिको बैठक बोलाएको छ । स्थायी समितिमा अल्पमतमा पर्ने देखिएपछि ओलीले बरिष्ठ नेताहरुसँग अनौपचारिक छलफल गरेका छन् ।

अनौपचारिक छलफलका क्रममा ओलीले आज विहान बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, त्यसैगरी पार्टी उपाध्यक्ष बामदेब गौतम, सचिव बिष्णु पौडेललाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए ।

ओलीले नेताहरुसँग वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका सन्तुलित र राम्रो रहेको बताएका थिए । राष्ट्रपति भण्डारीको भूमिकाको प्रसंशा गरेपछि ओलीले भनेका थिए, ‘जसलाई बनाएपनि सर्वसम्मतिका साथ उम्मेदवार चयन गरौं।’ आजको भेटवार्तालाई अन्य नेताहरुले राष्ट्रपतिमा भण्डारीलाई नै दोहो(याउने ओलीको चाहनाका रुपमा बुझेका छन् ।

तर बैठकमा ओलीले अप्रत्यक्ष रुपमा भण्डारीको पक्षपोषण गरेपनि अरु नेताहरुले भने केही प्रतिक्रिया जनाएका थिएनन् ।

राष्ट्रपतिको लागि एमालेबाट पूर्वप्रधानमन्त्री झलनाथ खनालले इच्छा देखाएका छन् । खनालले स्थायी कमिटिको बैठकमै आफू राष्ट्रपति बन्न चाहेको बताएका थिए । माधव नेपाल पक्ष पनि भण्डारीलाई दोहो-याउन भन्दा खनाललाई नै राष्ट्रपति बनाउन सकारात्मक देखिएको छ ।

यदि स्थायी समितिमा नेपालले खनालको समर्थन गरेको खण्डमा उनको राष्ट्रपतिको दाबेदारी बलियो बन्नेछ। तर, खनाललाई समर्थन गर्दा अध्यक्ष तथा प्रधानमन्त्री ओली चिढिने र त्यसले आफ्नो यात्रामा असर पुग्ने भएकाले नेपालले खनाललाई समर्थन गरिहाल्ने सम्भावना भने न्यून छ।

यस्तै नेपाली कांग्रेस पनि बिद्या भण्डारीको विपक्षमा उभिने संकेत देखिएको छ । भण्डारीले आफ्नो कार्यकालमा राष्ट्रपति पदको मर्यादा विपरित राष्ट्रियसभाको सदस्य मनोनयन जस्ता विषयमा दलीय स्वार्थबाट प्रेरित भएर गरेको कांग्रेसको आरोप छ ।

यसले राष्ट्रपति को बन्ने भन्ने विषयमा नेपाल पक्षले लिने निर्णय नै निर्णायक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com