ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘समावेशी भनेको सहभागिता मात्रै नभई समग्रता हो’


admin

नगरकोट, २१ फागुन । वरिष्ठ पत्रकारले समावेशी भनेको सहभागिता मात्रै नभई समग्रता भएको बताएका छन् । 

पत्रकारिताले पनि यसैलाई आत्मसात् गर्दै समाचार उत्पादन, प्रशोधन तथा प्रसारण र प्रकाशनमा पनि समावेशीलाई व्यवहारमा ल्याउनुपर्ने उनीहरुको भनाइ छ ।

नेवाः पत्रकार राष्ट्रिय दबू र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ भक्तपुरको संयुक्त संयोजनमा भएको तीनदिने नेपाली पत्रकारितामा समावेशी विषयक अन्तरक्रियात्मक अभिमुखीकरणमा उनीहरुले समाचार उत्पादनमा समावेशी भए पनि प्रशोधन गर्ने डेस्कमा समावेशी नहुँदा प्रसारण तथा प्रकाशनमा समावेशीले ठाउँ नपाएको विचार व्यक्त गरे ।

कार्यक्रमका सहभागीलाई आइतबार प्रमाणपत्र वितरण गर्दै सूचना विभागका महानिर्देशक वीरबहादुर राईले संविधानले नै समानुपातिक समावेशीता सुनिश्चित गरिसकेकाले विभागले पनि त्यही अनुसार कार्य गर्दै आएको बताउनुभयो ।

तालीमका प्रमुख सहजकर्ता डा सुरेश आचार्यले समावेशी एउटा आन्दोलन भएर आएकाले त्यसलाई सम्बोधन गर्न सबै पक्ष तयार हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सञ्चार विज्ञहरु डा विजय मिश्र, डा राजेश अहिराज, खिम घले र मीरा राजभण्डारीले नेपाली पत्रकारितालाई समावेशी बनाउन देखिएका समस्या र त्यसको निराकरणका उपायसँगै समावेशी पत्रकारिता के कसरी गर्नेबारे सहजीकरण गर्नुभएको थियो ।

स्थानीय संयोजनकर्ता नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष ईश्वरकाजी खाइजूले समावेशीका विषयमा धेरै चर्चा भए पनि सञ्चार क्षेत्रमा यसले प्रवेश नपाएको सन्दर्भमा भक्तपुरमा उक्त कार्यक्रम गरिएको जानकारी दिनुभयो । तीन दिनसम्म चलेको तालीममा भक्तपुरका ४० जना क्रियाशील पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

अमेरिका विरोधी नीतिका लागि ब्रिक्स राष्ट्रलाई थप १० प्रतिशत भन्सार लगाउने ट्रम्पको धम्की

राम नेपालमै जन्मिएका हुन् भन्न डराउनुपर्दैन – प्रधानमन्त्री

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

१५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान

हंसपुर नगरको पूर्व उपमेयरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

एमालेसँग एकता गर्ने नीति र सोच छैन- माओवादी केन्द्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com