ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नर्वेको विकास मन्त्री नेपाल आउँदै


admin
फाल्गुन १६, २०७४ बुधबार  ७ : १३ बजे

चरिकोट। नर्वेका विकास मन्त्री निकोलाई अस्ट्रुप दोलखा आउनुहुने भएको छ ।

नेपालको विकास निर्माणको अवस्था र भूकम्पपछिको पुनःनिर्माणबारे बुझ्न र नर्वेजियन सरकारको सहयोग बनेको विद्यालय हस्तान्तरण उहाँ यही फागुन २२ गते बिहान काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

विकास मन्त्रीमा निर्वाचित भएको दुई महिनापछि विकासमन्त्री अस्ट्रुप दोलखाको विगु गाउँपालिका आउने कार्यक्रम तय भएको हो । दुई महिनाअघि मात्रै विकास मन्त्रीमा निर्वाचित मन्त्री अस्टु«पको पहिलो सरकारी तहको अन्तर्राष्ट्रिय भ्रमणको रोजाईमा नेपाल परेको छ ।

फागुन २३ गते दिउँसो उहाँ दोलखाको विगु गाउँपालिका चिलंखा पुग्नुहुनेछ । विगुको चिलंखास्थित लोटिङ पुगेर उहाँले नर्वेजियन दूतावासको सहयोगमा निर्मित देवीटार आधारभूत विद्यालयको उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपालस्थित नर्वेजियन दूतावसका वरिष्ठ सल्लाहकार कमला विष्टका अनुसार उहाँले विगु र कालिञ्चोक गाउँपालिकाका जनप्रतिनिधिहरूसँग संघीयता र विकासको स्वरुपबारेमा छलफल पनि गर्नुहुनेछ ।

नर्वेेजियन दूतावासको आर्थिक सहयोगमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघले विगु र कालिञ्चोक गाउँपालिकाका भूकम्पबाट क्षतिग्रस्त २३ वटा विद्यालयको पुनःनिर्माण गरिरहेको छ । विद्यालय पुनःनिर्माणमा करिब रु ३० करोड खर्च हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

“मतपत्रबाटै अस्वीकार गरिसकेपछि पनि कारबाहीको धम्की ?” — सुरेन्द्र पाण्डे

हारपछि एमालेभित्र फेसबुक युद्ध : “महासचिवदेखि पूर्वमन्त्रीसम्म नेताहरूको सार्वजनिक आरोप–प्रत्यारोप”

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

समानुपातिक एक करोडभन्दा बढी मत गणना, छ दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’ (तालिका)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com