ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई महिलाको हत्यामा संलग्न सन्त पक्राउ


admin
फाल्गुन १६, २०७४ बुधबार  ७ : ०९ बजे

भीमदत्तनगर, १६ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भीम वस्तीका ६४ वर्षीय वृद्धा मानमती धामीको हत्यामा संलग्न ६६ वर्षीय रामलाल राना (सन्त) पक्राउ परेका छन् ।

गत बिहीबार अभियुक्त रानाले भीम वस्तीकी वृद्धा मानमती धामीलाई जंगलमा बाख्रा चराइरहँदा घरेलु हतियार प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।

वृद्धाको शव शंकास्पद अवस्थामा लालझाडी राष्ट्रिय वनमा भेटिएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकायाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । झण्डै एकसाता लामो अनुसन्धानपछि प्रहरी निरीक्षक रोकाया नेतृत्वको टोलीले स्थानीय डोकेबजार नजिक कुटिया (धर्मशाला)मा आश्रय लिँदै आएका अभियुक्त रानाको यस अपराधामा हात रहेको पत्ता लगाएको हो ।

“अनुसन्धान गर्दै जाँदा सुरुमा अभियुक्तले निकै बहानाबाजी गरे,” प्रहरी निरीक्षक रोकायाले भन्नुभयो, “अनुसन्धान थालेको दुई दिनपछि हत्या गरेको स्वीकार गरे ।”

प्रहरी हिरासतमा रहेका अभियुक्त रानाले मादक पदार्थ सेवन गरेर जंगलको बाटो हुँदै कुटियातर्फ फर्किदै गर्दा बाटोमा वृद्धा धामीको हँसिया प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।

प्रहरीले अभियुक्त रानालाई थप अनुसन्धानका लागि आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पु-याएको छ । कर्तव्य ज्यान मुद्दामा अभियुक्त रानालाई कारबाही अगाडि बढाइने प्रहरीको भनाइ छ ।

अभियुक्त रानाले गत साउन २९ गते पुनर्वास–११ भीमवस्तीस्थित सिद्धदेवी मन्दिर परिसरमा रहेको धर्मशालामा बस्दै आएका धर्मा मल्ल (माता) लाई पनि हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । मल्ललाई हत्या गरेको झण्डै सात महिनापछि उक्त घटनाको पनि रहस्य खुलेको हो ।

धर्मशालामा आश्रय लिँदै आएका मल्ललाई आफूलाई धर्मशालामा पस्न नदिएको झोंकमा हत्या गरेको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाको रिचाह घर भएका अभियुक्त राना डोकेबजारको कुटियामा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

टी–२० विश्वकप क्रिकेटको सुपर–एटका खेल आजदेखि : बेलुका पाकिस्तान र न्युजिल्याण्डले खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com