ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याउखेतीमा प्राविधिक ज्ञानको कमी


admin
फाल्गुन १६, २०७४ बुधबार   ४ : २१   बजे

ललितपुर, १६ फागनु।  च्याउखेतीबाट मनग्य आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेका छैनन् ।

किसानसँग पर्याप्त स्रोत नभएको र भएकाले पनि ज्ञानको उपयोग गर्न नसकेको कृषि विभाग अन्तर्गतको किट विकास निर्देशनालयका सूचना अधिकारी जगन्नाथ शर्माले बताउनुभयो ।

च्याउमा सबैभन्दा बढी भुसुनाको समस्या देखिने गरेको छ । पराल पाक्ने गरेर हाल्दा र च्याउको टहरामा जाली राख्दा भुसुनाको समस्या समाधान हुनसक्ने शर्माको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “जाली राख्न महँगो नभए पनि धेरै किसानलाई यसको ज्ञान छैन ।” जाली सबैतिर र सहज रुपमा पाइने भए पनि किसानलाई जालीको प्रयोगबारे थाहा छैन ।

काठमाडौंँ उपत्यकामा एकातिर धानखेती कम हुँदै गएको छ भने एर्कातिर च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दा परालको अभाव भएको छ । किसानले परम्परागत रुपमा फलामको भाँडामा पराल पकाउँदा पयाृप्त उत्पादन लिनसकेका छैनन् । विकसित देशमा फोहोरबाट च्याउको उत्पादन हुने गरेको छ ।

शर्मा भन्नुहुन्छ,– “हामीले पनि फोहोरबाट च्याउ उत्पादन गर्न सके फोहोर व्यवस्थापन र परालको अभाव हुँदैन । यसबाट किसानले मनग्य आम्दानी लिनसक्छन् ।”

च्याउको माग बढेसँगै व्यावसायिक रुपमा च्याउखेती गर्ने किसानको संख्या बढिरहेको छ । केही वर्ष पहिलेसम्म गोलभेँडालगायत तरकारीखेती गरिरहेका किसानसमेत अहिले च्याउखेतीतर्फ आकर्षित भएका छन् । नेपालमा मुख्य गरेर गोब्रे, कन्ये र सिताके च्याउखेती हुँदैआएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group