ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय दलमा प्रचण्डको ब्रिफिङ : ओलीले षड्यन्त्रको राजनीति गरे


एबीसी न्यूज

काठमाडौं २६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल र षड्यन्त्र गरेको ब्रिफिङ पार्टीका सांसदहरुसमक्ष गरेका छन् ।

माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भएका पछिल्ला भेटवार्ताहरुबारे जानकारी गराएका थिए । कांग्रेस र एमालेबीच सहमति हुन लागेको चर्चा सुरु भएपछि १७ असारको बिहान दुई नेताबीच करिब ३ घण्टा कुराकानी भएको थियो ।

त्यसबेला आफूले तपाईं प्रधानमन्त्री बन्ने हो भने म राजीनामा दिन्छु भनेको उनले स्मरण गरे । तर ओलीले सरकारलाई प्रभावकारी बनाउने, राजनीतिक नियुक्तिबारे टीओरआर बनाउने कुरा गरेर गठबन्धन फेर्न लागेको होइन भनेर भ्रमपूर्ण रुपमा आफूलाई आश्वस्त पारेको प्रचण्डले बताए ।

माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार १८ गते बिहान भएको भेटमा पनि ओलीले कांग्रेससँग भएको सहमतिबारे जानकारी नदिएको प्रचण्डको ब्रिफिङ थियो ।

 

‘केही भएको छैन, तीन नेता बस्ने कुरा छ भनेपछि प्रधानमन्त्रीले शेरबहादुर देउवासँग सोध्नुभयो’, ओलीले ढाँटछलको राजनीति गरेको भन्दै पाण्डेले भने, ‘उहाँले सहमति भइसक्यो, सरी भन्नुभयो ।’

एमालेसँग गठबन्धन गर्नुको आफ्नो उद्देश्य बामहरुको एकता भएको भन्दै प्रचण्डले भने, ‘ओलीजीले षड्यन्त्र गर्नुभयो । तत्कालका लागि हामीलाई नोक्सान जस्तो देखिए पनि यसले दीर्घकालमा एमालेलाई नै नोक्सान गर्छ ।’

उनले संविधानको रक्षा र कार्यान्वयनका लागि पनि २८ गते विश्वासको मत लिन लागेको बताए ।

यसले राष्ट्रपतिलाई पनि नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न सहज बनाउने उनको तर्क छ ।

माओवादी केन्द्रका एक सांसद भन्छन्, ‘हामीले विश्वासको मत नपाएपछि धारा ७६९३० मा जान्छ, राष्ट्रपतिले त्यही गर्नुपर्छ र गर्नुहुन्छ भन्नेमा उहाँ विश्वस्त देखिनुहुन्थ्यो ।’

माओवादी संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत लिन ह्वीप जारी गरेको छ भने संविधान रक्षाको पक्षमा रहेका दलहरुसँग सम्वाद गर्ने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com