ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रबि–बालेन ‘अरुले बनाइदिएको गठबन्धन’ भएको कांग्रेसको निष्कर्षः देशभर भण्डाफो गर्ने !


एबीसी न्यूज
माघ २८, २०८२ बुधबार  ५ : ५० बजे

कांग्रेसको प्रश्न : ‘डिजिटल चर्चा एकातिर, भूगोलको यथार्थ अर्कोतिर’

काठमाडौं — चुनावी सरगर्मी चुलिँदै जाँदा राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप मात्र होइन, समीकरणको आयु र विश्वसनीयतामाथि पनि बहस सुरु भएको छ। यही सन्दर्भमा नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच देखिएको सहकार्यलाई ‘क्षणिक र परिस्थितिजन्य’ भन्दै त्यसको दीर्घायुमा प्रश्न उठाएको छ।

अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमा देखिएको उत्साह र वास्तविक भूगोलको मतदाताबीच ठूलो अन्तर रहेको दाबी गरे। “सामाजिक सञ्जालमा जे देखिन्छ, त्यो नै निर्वाचनको परिणाम हुँदैन,” उनले भने, “डिजिटल चर्चा र जमिनको यथार्थ फरक–फरक कुरा हुन्।”

‘गराइएको गठबन्धन’

कांग्रेसको विश्लेषणमा रवि–बालेन सहकार्य कुनै दीर्घकालीन वैचारिक समझदारीको परिणाम नभई तत्कालीन राजनीतिक आवश्यकताबाट जन्मिएको समीकरण हो। चालिसेले यसलाई ‘रहरले बनेको होइन, गराइएको गठबन्धन’ को संज्ञा दिए। उनका अनुसार सहकारी प्रकरणपछि रवि लामिछानेको राजनीतिक आकर्षण घट्दै जाँदा पार्टीको साख जोगाउन बालेनलाई अगाडि सारिएको हो।

“एउटाको क्रेज घटेपछि अर्कोलाई ल्याएर सन्तुलन मिलाउने प्रयास हो,” चालिसेले टिप्पणी गरे, “तर यस्तो समीकरणको भर हुँदैन, समयमै परिणाम देखिन्छ।”

कांग्रेसको बुझाइमा वैचारिक स्पष्टता, संगठनात्मक आधार र दीर्घकालीन राजनीतिक दृष्टिकोणबिना बनेका गठजोडहरू चुनावी उछालसम्म सीमित रहने सम्भावना बढी हुन्छ।

चुनाव ‘एजेन्डा’बाट ‘प्रधानमन्त्री’तिर?

यसैबीच कांग्रेस सभापति गगन थापाले चुनावी बहस मुद्दा र नीतिभन्दा व्यक्तिकेन्द्रित प्रतिस्पर्धातिर मोडिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। सर्लाही–४ मा मतदातासँग संवाद गर्दै उनले भने, “यो चुनाव दुर्भाग्यवश एजेन्डा होइन, को प्रधानमन्त्री बन्ने भन्ने तिर गयो।”

थापाका अनुसार लोकतान्त्रिक प्रतिस्पर्धा नीतिगत दृष्टिकोण, विकासका कार्यक्रम र सुशासनका प्रस्तावमा केन्द्रित हुनुपर्ने हो। तर अहिले चर्चा कसले कस्तो देखिन्छ, कसले कस्तो भाषण गर्छ भन्नेमा सीमित भएको उनको आरोप छ।

“म एक जनाले चमत्कार गर्न सक्छ भन्ने मान्दिनँ,” उनले भने, “देश मिलेर बनाउने हो, सहमति र साझा जिम्मेवारीबाट अघि बढाउने हो।”

‘मासिक रिपोर्ट’ को प्रस्ताव

कांग्रेसले यसपटक केवल घोषणापत्र होइन, ‘जवाफदेही शासन’ को मोडेल अघि सार्ने संकेत दिएको छ। थापाले निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बने प्रत्येक महिना प्रधानमन्त्रीले सार्वजनिक रूपमा कामको विवरण प्रस्तुत गर्नुपर्ने व्यवस्था लागू गर्ने घोषणा गरेका छन्।

उनका अनुसार फागुन २१ मा चुनाव, चैतमा सरकार गठन र वैशाख १ गते प्रधानमन्त्रीको पहिलो सार्वजनिक प्रतिवेदन प्रस्तुत गर्ने परिकल्पना छ। त्यसपछि हरेक महिनाको १ गते प्रगति विवरण सार्वजनिक गर्ने प्रणाली बसालिनेछ।

“पाँच वर्षपछि गाउँ फर्कने परम्परा अन्त्य गर्नुपर्छ,” थापाले भने, “जनतासामु नियमित रूपमा हिसाब दिने संस्कार बसाल्नुपर्छ।”

सामाजिक सञ्जाल बनाम संगठन

रवि–बालेन समीकरणप्रति कांग्रेसको शंका केवल व्यक्तिप्रति लक्षित आलोचना मात्र होइन, नयाँ शैलीको राजनीतिप्रतिको संशय पनि हो। कांग्रेसले संगठन, वैचारिक निरन्तरता र ऐतिहासिक जिम्मेवारीलाई आफ्नो बलियो आधार मान्दै ‘क्षणिक लोकप्रियता’ भन्दा ‘स्थायी राजनीतिक संरचना’ महत्वपूर्ण हुने तर्क अघि सारेको छ।

तर अर्कोतर्फ, सामाजिक सञ्जालमार्फत उदाएको नयाँ राजनीतिक उभारलाई कम आँक्ने जोखिम पनि विश्लेषकहरूले औंल्याउँदै आएका छन्। डिजिटल प्लेटफर्मले जनमत निर्माणमा प्रभाव बढाइरहेका बेला परम्परागत दलहरूका लागि त्यो चुनौती पनि हो, अवसर पनि।

बहसको केन्द्र कहाँ?

कांग्रेसको सन्देश स्पष्ट छ—रवि–बालेन सहकार्यलाई उसले अस्थायी समीकरण ठानेको छ र चुनावलाई व्यक्तिकेन्द्रित प्रतिस्पर्धाबाट नीतिगत बहसतर्फ फर्काउनुपर्ने आग्रह गरेको छ।

अब प्रश्न यति मात्र छ—मतदाता डिजिटल आकर्षण र वैकल्पिक नेतृत्वको खोजीतिर लाग्छन् कि संगठनात्मक अनुभव र संरचनागत स्थायित्वलाई प्राथमिकता दिन्छन्?
चुनावी नतिजाले मात्र होइन, चुनावी बहसको दिशा नै आगामी राजनीतिक भविष्यको संकेत बन्नेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

सम्बन्धित

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

उपेन्द्र यादवको नयाँ क्षेत्र सप्तरी ३ कति सहज ? प्रतिस्पर्धीको चुनौती कति प्रभावकारी ?

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

कैलाली–१ : रेशम चौधरीको गढमा शक्ति सन्तुलन फेरिने संकेत

जेनजी युवाको हत्या गर्ने र उक्साउने दुवैलाई कारबाही गर्नुपर्छ : प्रभु साह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com