ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रान्सको पहिलो चरणको निर्वाचनमा दक्षिणपन्थी दलको अग्रता, म्याक्रो तेस्रो स्थानमा


एबीसी न्यूज

काठमाडौं १७ असार । फ्रान्सको संसदीय निर्वाचनको पहिलो चरणमा घोर दक्षिणपन्थी पार्टी नेशनल रेलीले अग्रता लिएको छ । यसले फ्रान्सको राजनीतिमा नेशनल रेलीको प्रभावलाई पुष्टि गरेको छ र सत्ताको ढोकाको नजिक पुर्‍याएको छ ।

प्रवासी विरोधी नेशनल रेलीका नेता मरिन ले पेनले निर्वाचन परिणामप्रति उत्साहित हुँदै वर्तमान राष्ट्रपति इम्मानुअल म्याक्रो गुट तहसनहस भएको बताएकी छन् ।

पहिलो चरणको निर्वाचनमा रेलीले ३३।२ प्रतिशत मत पाएको छ । वामपन्थी गठबन्धनले २८।१ प्रतिशत र म्याक्रोको पक्षमा २१ प्रतिशत मात्र मत प्राप्त भएको बीबीसीले जनाएको छ । यसअघि सार्वजनिक चुनावी सर्वेक्षणका नतिजाले पनि मरिन ले पेन नेतृत्वको नेशनल रेलीले सबैभन्दा धेरै सिट जित्ने देखाइएको थियो ।

फ्रान्स जस्तो ‘क्रान्तिकारी देश’ को आधुनिक कालखण्डमा दक्षिणपन्थको यो स्तरको विकासलाई धेरै राजनीतिक विश्लेषकहरू अनपेक्षित मान्छन् ।

नेशनल रेलीले नयाँ प्रधानमन्त्रीको रुपमा २८ वर्षीय जोर्डन बारडेलालाई अघि सारेको छ । बारडेलाले पनि समर्थकहरुलाई सम्बोधन गर्दै फ्रान्सेली जनताको साथ पाए आफू प्रधानमन्त्री बन्ने बताएका छन् । फ्रान्समा आइतबार पहिलो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदान ७ जुलाईमा हुनेछ ।

फ्रान्समा ५७७ सिटको नेशनल एसेम्बलीमा बहुमत हासिल गर्न २८९ सिट चाहिन्छ । फ्रान्सको निर्वाचनमा घोर दक्षिणपन्थी पार्टी नेशनल रेलीले पहिलो चरणको निर्वाचन हालसम्म जितेको छैन । यद्यपि दोस्रो चरणको निर्वाचनबाट रेली सबैभन्दा ठूलो दल बन्ने निश्चित जस्तो देखिएको बीबीसीले जनाएको छ । यदि कसैको बहुमत नपाए फ्रान्समा त्रिशंकु सरकार बन्ने सम्भावना हुन्छ ।

फ्रान्समा नेशनल रेलीको प्रभाव बढेमा युरोपेली संघ, आप्रवासी सम्बन्धी नीति र रुस–युक्रेन युद्धलाई हेर्ने नजर लगायतका विषयमा प्रभाव पार्ने भएकाले चुनावको अन्तिम परिणामलाई चासोका साथ हेरिएको छ ।

युरोपेली युनियनको निर्वाचनमा ले पेन नेतृत्वको अति दक्षिणपन्थी दल भनेर चिनिने नेशनल रेलीले म्याक्रोको मध्यमार्गी गठबन्धनलाई परास्त गरेलगत्तै म्याक्रोले निर्वाचन मिति घोषणा गरेका थिए । आफ्नो दोस्रो कार्यकाल पूरा हुन दुई वर्ष बाँकी छँदै राष्ट्रपति म्याक्रोले अप्रत्यासित रुपमा चुनावको मिति घोषणा गरेका थिए ।

ले पेन यसअघि दुई पटकसम्म म्याक्रोसँग प्रतिस्पर्धा गरे पनि पराजित भएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com