ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले कर्णाली राजमार्गको ६ ठाउँ अवरुद्ध, यात्रु अलपत्र


एबीसी न्यूज

सुर्खेत, १४ असार । गएरातिको भारी वर्षाले पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने दहीखोला र कालिखोला बीचको सडक अवरुद्ध भएको हो ।
दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दहीखोला र कालिखोलाको बीचमा बाहेक दैलेख खण्डकै पादुका र साँगेतडाको बीचमा ५ ठाउँमा सडक अवरुद्ध भएको दैलेखका प्रहरी प्रमुख डीएसपी सुनिल न्यौपानेले जानकारी दिए ।

उनका अनुसार शुक्रबार बिहान ६ बजेमात्रै राजमार्ग अवरुद्ध भएको प्रहरीलाई खबर आएको थियो । राजमार्ग अवरुद्ध भएपनि दैलेख खण्डमा जनपद र सशस्त्र प्रहरी बाटो खुलाउन खटिएको छ ।
दैलेखको राकम बजारबाट जेसीबी लिएर समेत सडक खुलाउने काम भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए । ‘दहीखोला र कालिखोलाबाहेक अन्य पाँच ठाउँमा सुख्खा पहिरो गएको छ । अहिले जेसिबी लिएर बाटो खुलाउने काम भइरहेको छ । अबको दुई÷तीन घण्टाभित्र राजमार्ग सञ्चालनमा आउँछ,’ उनले भने । राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट जुम्ला र कालिकोटका लागि हिँडेका यात्रुहरू अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com