ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलेजले मानसिक यातना दिएको कारण बिद्यार्थीले आत्महत्या गरेको भन्दै बिद्यार्थी आन्दोलित


sharan sharan

बुटवल, १३ फागुन ।उच्च शिक्षा हासिल गर्न आएका बिद्यार्थीहरुले सृङ्लाबद्ध आत्माहत्या गरिरहंदा बिद्यार्थी कै दोष देखाएर घटना सेलाउने गरेपनि बुटवलको एउटा आत्माहत्याले भने आन्दोलनको स्वरुप लिएको छ । शिक्षकले दिने मानसिक यातनाका कारण बिद्यार्थीहरु आत्माहत्या गर्न बाध्य हुने गरेको भन्दै बिद्यार्थीहरुले मानसिक यातना बिरुद्ध आन्दोलित भएका छन् ।

शिक्षकले अनावश्यक लान्छना लगाएकै कारण बिद्यार्थीले आत्माहत्या गर्न बाध्य बनेको भन्दै बुटवलको अक्सफोर्ड कलेजका विद्यार्थी न्याय माग्दै सडक उत्रिएका छन् । शुक्रबार मध्यान्ह आत्माहत्या गरेका बिद्यार्थी बिक्रम सापकोटाका सहपाठीहरुले शनिबार देखी नै बुटवलमा आन्दोलन सुरु गरेकाछन् । सापकोटाले शुक्रबार दिउंसो घरमै आत्महत्या गरेका थिए ।
अक्सफोर्ड प्रशासनका अनुसार शुक्रबार बिहान कलेज पढ्न आएका विक्रमलाई मदिरा खाएर आएका अर्को साथीसंग ढिलो कलेज आएको भन्दै कलेज प्रशासनले अभिभावकलाई खवर गरिदिएको थियो । स्कुल समयन्दा ढिलो आएको र मदिरा पिएर स्कुल आएको भन्दै अक्सफोर्डका शिक्षक डिल्लीबल्लभ पाण्डेले आईडि कार्ड खोस्नुका साथै कुटपिट समेत गरेको बिद्यार्थीहरुले आरोप लगएका छन् । बिद्यार्थीहरुका अनुसार बिक्रमले त्यस दिन मदिरा सेवन नगरेको र शिक्षकलाई बिश्वास नलागे डक्टरी गर्न समेत आग्रह गरेका थिए । तर शिक्षकले झुटो आरोप लगाउंदै घर खबर गरिदिएको र मानसिक यातना दिएका कारण बिद्यार्थीले आत्माहत्या गरेको बिद्यार्थीहरुको भनाई छ ।
कलेजले विगतमा पनि यस्ता घटना गर्दा विद्यार्थीको पठनपाठनमा असर परेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएको बताएकाछन् उनीहरुले घटनाको सही अनुसन्धान गर्न प्रशासनसंग माग समेत गरेका छन् ।

शनिबार दिउंसो कलेजको मुल ढोकामा ताला लगाएर प्रदर्शनमा उत्रीएका बिद्यार्थीहरु आईतवार दिनभरी प्रदर्शन गरिरहेका थिए । प्रदर्शनमा सहभागि अक्सफोर्डकै पुर्व बिद्यार्थी पबित्रा श्रीस मगरले कलेजमा महिला शौचालयमा पुरुष आएर गलत क्रियाकलाप गर्ने गरेको समेत आरोप लगाएकी छिन् ।

बिक्रमकै सहपाठीहश्रले पनि बिक्रम जोक्सहरु सुनाउने र हंसाउने खालको भएपनि खराब बानी भएको आफुहरुले महसुस नगरेको बताउंछन् ।

कलेजले भने गलत क्रियाकलाप गरेको आशंकामा विक्रमलाई सामान्य ढंगले सम्झाएको बताएको छ । विद्यालयका प्राचार्य दिनेश भुसालले कलेजमा आएका विद्यार्थी बिहानै ४५ मिनेटसम्म कक्षा कोठामा नआएको र पछि कोठामा आउंदा विक्रसंगैका साथीले मादक पदार्थ सेवक गरी विद्यालयमा आएका कारण कार्यालयमा लगेर हप्काएको बताउंछन् । बिद्यार्थीहरुलाई सुधार्न सामान्य कुटपिट गर्नु संसारभरीको प्रचलन रहेको भुसालको भनाई छ ।

रुपन्देहीको सालझण्डी घर भएका बिक्रम सापकोटा अक्सर्फोड कलेजको ब्यवस्थापन संकाय कक्षा १२ मा अध्ययनरत थिए । विद्यालय प्रशासनले सोधपुछ गरी अभिभावकको जिम्मा लगाएको र विक्रम विहान ११ः४५ बजे स्कुल बसमै घर फर्किएको बताएको छ ।

बिद्यार्थीहरुलाई कुटपिट वा यातना दिएर शिक्षा दिन नसकिने बिषयमा बहस हुने गरिएपनि बिद्यालयहरुमा यातना दिने क्रम भने रोकिएको छैन । आत्महत्याकै अवस्थामा पुग्ने गरि यातना दिइएको हो भने त्यसको जिम्मा स्कुलले लिनै पर्दछ । मदिरा सेवन गरेकै भए पनि त्यस्ता बिद्यार्थीलाई स्कुलबाट निस्कासन गर्ने वा नपढाउने अधिकार सुनिश्चित हुंदा हुंदै सारिरीक वा मानसिक यातना दिने कुरालाई निरुत्साहित गर्न सबै तयार हुनै पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com