ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१२ सय मिटर नहर, २४ महिना समय : अझै सिध्यिएन काम


admin

भीमदत्तनगर, १३ फागुन। नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्ष बितिसक्दा पनि सन्धिअनुसार भारतले बनाउनुपर्ने एक हजार २०० मिटर नहर निर्माणमा कुनै चासो देखाएको छैन ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित नेपालको सीमाक्षेत्रमा पर्ने मटेनासम्म एक हजार २०० मिटर लामो पुल नहर निर्माणको काम भारतले गर्नुपर्ने सन् १९९६ को एकीकृत सन्धिमा उल्लेख गरिएको छ ।

“महाकाली सन्धिअनुसार भारतले टनकपुरदेखि मटेनासम्म एक हजार २०० मिटर नहर बनाइदिनुपर्ने हो,” महाकाली सिँचाइ आयोजना तेस्रोचरणको कार्यालय भीमदत्तनगरका सिनियर डिभिजनल इन्जिनियर वीरसिंह धामीले भन्नुभयो – “तर भारतले आश्वासन दिए पनि निर्माणका लागि कदम चालेको छैन ।”

उहाँका अनुसार सरकारले १३ किलोमिटर नहर बनाउँदा भारतले दुई महिनामा सकिने एक हजार २०० मिटर नहर निर्माणका लागि चासो नदिएको हो । “दुवै देशका जलस्रोतका विषयमा बैठक बस्दा भारतले तत्काल बनाउने कुरा त गर्छ,” धामीले भन्नुभयो – “तर नहर निर्माणका सर्वेसम्म गरेको देखिदैन ।” गत माघ २९ गते सन्धि भएको २२ वर्ष पूरा भयो ।

महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर मूल नहर आगामी सन् २०२२ सम्म पूरा गरिसक्ने स्वीकृत लक्ष्य रहे पनि सिँचाइ नहर निर्माणको काम कछुवागतिमा अघि बढिरहेको छ ।

आर्थिक वर्ष २०६३÷६४ देखि सिँचाइको नहर निर्माण शुरु भएको थियो । हालसम्म करिब १३ किलोमिटर नहर मात्रै निर्माण भएको छ । “लक्ष्यअनुसार निर्माणको काम निकै कम गतिमा भयो,” धामीले भन्नुभयो – “रणनीतिक महत्वको आयोजनामा सबैको सहयोग आवश्यक पर्छ ।”

एक सय ५१ किलोमिटर लामो नहर निर्माणका लागि रु २७ अर्ब लागत अनुमान गरिएको छ । करिब एक दशक बित्दा एक अर्ब ६० करोड मात्रै खर्च भएको धामीले जानकारी दिनुभयो ।

यसमध्ये रु ६० करोड जग्गा मुआब्जामै खर्च भएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुभएका बेला सिँचाइका लागि दिने भनिएको सहयोगमध्ये रु १६ अर्ब भारतीय एक्जिट बैंकले दिने भनिए पनि सो रकम समेत हालसम्म आएको छैन ।

“अहिलेसम्म स्वदेशी लगानीमै नहर निर्माण हुँदैछ,” धामीले भन्नुभयो – “केही दिनअघि मात्रै थप १५ किलोमिटर नहर निर्माणको ठेक्का भएर मुआब्जा बाँड्ने प्रक्रिया अघि बढेको छ ।” उक्त नहर निर्माणका लागि तीन वटा समूहमा ठेक्का दिइएको छ भने यसअघि निर्माण भएको नहर हस्तान्तरणको चरणमा रहेको छ ।

“ते¥ह किलोमिटर नहर क्षेत्रमा बनेको मूल नहरसँगै शाखा नहर निर्माणका लागि पनि हामीले सबै प्रक्रिया तयार गरेका छौं,” धामीले भन्नुभयो – “अब सीमाक्षेत्रमा बन्ने नहरका लागि पनि भारतले ढिलाइ गर्नहुन्न ।”

ते-ह दशमलव ६ मिटर चौडाइको मूल नहर लक्ष्य अनुसारको समयमै पूरा हुने सम्भावना भने न्यून देखिएको छ । अबको तीन वर्षभित्र शुक्लाफाँटा नगरपालिकाको उत्तरमा रहेको फूलेली गाउँसम्म मूल नहर पुग्ने धामीले बताउनुभयो । आयोजना अन्तर्गतको नहर निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको पूरै क्षेत्रफल गरी ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ हुनेछ । पहिलो र दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार ७ सय हेक्टर जमिनमा सिञ्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com