ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२६ वर्षपछि बलेवा विमानस्थल सञ्चालनमा


admin
फाल्गुन १३, २०७४ आईतबार  ३ : ०८ बजे

बागलुङ, १३ फागुन । बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ । आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले गरेको प्राविधिक अध्ययन प्रतिवदेनको सुझाव अनुसार काम भइरहेको हो । सोमबार प्राधिकरणको प्राविधिक टोली आवश्यक यन्त्र, उपकरण जडानका लागि आइपुग्ने बागलुङ नगरपालिकाले जनाएको छ ।

आउँदो सातासम्म विमानस्थल सञ्चालनको अन्तिम सम्झौता हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । यसअघि गत पुसमा प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच चैतमा नियमित उडान शुरु गर्ने सहमति भएको थियो ।

सोही सहमतिपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनको आवश्यक तयारी अघि बढाएको थियो । प्राधिकरणका प्रबन्धक इन्दुराज अधिकारी र इञ्जिनियरद्वय ताराकान्त शाह र मीनराज ओझाको टोलीले विमानस्थलको प्राविधिक अध्ययन गरेको थियो ।

प्राविधिक टोलीले दिएको सुझावअनुसार मर्मत, सुधार र पूर्वाधार तयारीको काम अन्तिम चरणमा पुगेको प्रमुख पौडेलको भनाइ छ । “लक्ष्यित समयमै विमानस्थल चल्छ,” प्रमुख पौडेलले भन्नुभयो – “आउँदो सातासम्म विमानस्थल सञ्चालनको अन्तिम सम्झौता गर्दैछौं ।” उहाँकाअनुसार उडानलाई सहज बनाउन विमानस्थलको दक्षिण पूर्वमा रहेका सल्लाका रुख हटाउने काम भइरहेको छ । यस्तै, व्यवस्थित तारबार र सुरक्षा प्रबन्धको काम पनि भइरहेको जनाइएको छ ।

विमानस्थलको मर्मतसम्भार, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा भने प्राधिकरणले लिएको छ । विमानस्थलसम्म पुग्ने सडकको स्तरवृद्धिलगायत अन्य पूर्वाधार निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ ।

यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा समेत नगरपालिकाले पहल गर्ने यसअघि भएको सहमतिमा उल्लेख छ । बागलुङ सदरमुकामदेखि ८ किलोमिटरको दुरीमा रहेको विमानस्थलसम्म पुग्न तत्काललाई कालीगण्डकी करिडोरको कच्ची मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनमा खटिएका एक प्रहरीको मृत्यु

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निर्वाचनमा खटिएका एक प्रहरीको मृत्यु

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

ओलीको पत्र बोकेर घर–घरमा एमाले: झापा–५ मा ‘व्यक्तिगत भेट’ केन्द्रित चुनावी रणनीति

रास्वपामा टिकट विवाद चर्किँदै: नवलपरासी–१ मा सभापतिले दिए राजीनामा

रास्वपा बारामा आन्तरिक संकट: संगठन प्रमुख पवन चौधरीले दिए राजीनामा

भरतपुर विकास मोडेललाई संघसम्म विस्तार गर्ने रेणु दाहालको प्रतिबद्धता (भिडियो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com