ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोटमा ५ हजार ८ सय ४९ घर पुनःनिर्माण


admin
श्रावण ८, २०७४ आईतबार  ४ : २६ बजे

नुवाकोट, ८ साउन । बिनाशकारी भूकम्पले क्षति पु¥याएका आवासमध्ये नुवाकोटमा बल्ल पाँच हजार आठ सय ४९ घरको पुनःनिर्माण भएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नुवाकोट अन्तर्गतको आवास निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइको अनुसार लाभग्राही आफैंदेखि अनुदान प्राप्त गरी निर्माण गरेको आवास संख्या साउनको पहिलो सातासम्म पाँच हजार सय ४९ पुगेको छ । आवास पुनःनिर्माण भएकामध्ये लाभग्राही आफंैले पाँच हजार दुई सय २३ घर निर्माण गरेका छन् । आवास अनुदान लिएर घर बनाउनेको संख्या ३०१ घरधुरी रहेको इकाइका निर्देशक विदुर खड्काले जानकारी दिनुभयो ।

आवास निर्माण भएकामध्ये ३१९ लाभग्राहीले तेश्रो किस्ता अनुदानको लागि निवेदन दिएका छन् भने ६ घरधुरीको अनुदान रकम बैंक खातामा निकासाको प्रक्रियामा रहेको छ । “आवास निर्माणले अपेक्षा अनुसार गति लिन सकेको छैन,” इकाइ प्रमुख खड्काले भन्नुभयो – “निर्माण भएका घरमध्ये ३१९ घरधुरीले मात्र अनुदान प्रदान गरेकाले अब तीव्रता दिन लागिरहेका छौं ।”

आवास निर्माणमा तेश्रो किस्ता रु एक लाख अनुदान रकम सरकारीस्तरबाट थानपतीका १५ घरधुरीलाई उपलब्ध गराइएको छ । बाँकी काउले, भाल्चे, साल्मे, गो¥याङ र तारुकामा सामजिक संस्था मार्फत रकम उपलब्ध गराइएको हो ।

वैशाख १२ को विनाशकारी भूकम्पले नुवाकोटमा ६५ हजार सात सय ५९ घरधुरी पूर्ण क्षति भएकामा आवास निर्माण गर्न ६२ हजार तीन सय ७४ धरधुरीले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये ६२ हजार ६३ घरधुरीले मात्र पहिलो किस्ता बापत रु पचास हजार पाएका छन् ।

यस्तै, नौ हजार आठ सय ६९ घरधुरीले दोश्रो किस्ता बापत रु एक लाख पचास हजार पाएका छन् । पहिलो किस्ता रकम पाएर आवास निर्माण गरिरहेका आठ सय ५९ घरधुरीले निर्माण गरेको आवास अनुदान दिन अयोग्य रहेकाले सुधार गर्न सुझाव दिएको इकाइ प्रमुख खड्काले बताउनभयो । उहाँको अनुसार आवास निर्माण जारी रहेका ११ हजार तीन ७३ मध्ये ११ हजार ४४ घरधुरीले दोश्रो किस्ता पाउन दिएको निवेदनको प्राविधिक परीक्षण जारी रहेको छ र एक महिनाभित्रै करिब दश हजारलाई रकम उपलब्ध गराउने लक्ष्य लिइएको छ । रासस (तस्वीर संलग्न छ)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com