काठमाडौ १४ बैशाख । सुनको भाउ आज फेरी बढेको छ । आज तोलामा एक हजार चार सय रुपैयाँले बढेको हो । आज सुनको भाउ तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार आठ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार छ सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार छ सय ५५ रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्