ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी छात्रावृति हत्याउन सामुदायीक विद्यालयमा बिद्यार्थीको भीड (भिडियो)


admin

बुटवल । रुपन्देहीका सामुदायीक विद्यालयका संचालक र शिक्षकहरु आफ्नो विद्यालयले राम्रो नतिजा ल्याएकोमा दंग छन् । तर, हाम्रो समाचार टोलीले नयाँ तथ्य फेला परेको छ । यो तथ्यले भन्छ : आगामी दिनमा सरकारी सेवा सुविधाको लोभमा अभिभावकले आफ्ना सन्तानलाई कक्षा ९ देखी सामुदायीक विद्यालयमा भर्ना गर्छन् । ती विद्यार्थीले ल्याएको नतिजाको आधारमा सामुदयीक विद्यायलका संचालक आफ्नो विद्यालयले राम्रो नतिजा ल्याएको दावी गर्छन् । तर, कक्षा १ देखि आफैले पढाएको विद्यार्थीको नतिजा कमजोर भएको सामुदायीक विद्यालयका संचालक र शिक्षकलाई थाहा हुदैन ।

तुलनात्मक रुपमा सामुदायीक विद्यालयका भन्दा निजी विद्यालयका विद्यार्थीहरुले परिक्षामा राम्रो अंक ल्याउने गरेका छन् । यसले, सामुदायिक विद्यालयले राम्रो अंक ल्यायो भनेर कसैले भन्दा गमक्क परिहाल्ने अवस्था छैन । हामीले रुपन्देहीका राम्रो भनिएका तीन वटा सामुदायिक विद्यालयको नतिजा दाज्ने कोसिस गरेका छौं ।

सरकारको पछिल्लो नीतिले सामुदायीक विद्यालयलाई प्रोत्साहन मिलेको छ । सामुदायीक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण घट्दै गएपछि सरकारले अवलम्वन गरेको नीतिका कारण यतिखेर सबैका आ“खा निजी विद्यालयमा परेको छ ।

सरकारी नीति अनुसार सामुदायीक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र छात्रवृति लगायतका अवसर पाउनेछन् । त्यसैले आजभोली अभिभावकले आफ्ना बालबच्चालाई कक्षा ८ सम्म निजी विद्यालय पढाउने र कक्षा ९ देखी सामुदायीकमा भर्ना गर्न थालेका छन् ।

हामीले रुपन्देहीका विद्यालयमा हुने भर्ना र एसएलसी तथा एसइइमा परिक्षाको नतिजा दाज्ने कोसिस गरेका छौ । हाम्रो खोजले अधिकांस विद्यालयमा कक्षा ९ मा भर्ना हुने विद्यार्थीको संख्या धेरै छ । राम्रो नतिजा ल्याउने विद्यार्थी पनि निजी विद्यालयहरुबाट भर्ना हुन आएका विद्यार्थी नै छन् ।

 

 

 

 

 

 

 

 

 

 

हामीले रुपन्देहीका तीनवटा विद्यालयका २०६८ देखि २०७३ सालको नतिजा खोज्ने प्रयत्न गरेका छौं । कक्षा ८, ९ र १० मा भर्ना भएका बिद्यार्थीलाई अन्य बिद्यालयबाट भर्ना हुन आएका बिद्यार्थी मानिएको छ भने कक्षा ८ भन्दा तल्लो कक्षामा भर्ना भएका बिद्यार्थीलाई सोही बिद्यालयको उत्पादनको रुपमा हेरिएको छ । हामीले दुई वटा शैक्षिक सत्रमा उत्कृष्ट अंक ल्याएर उतिर्ण भएका बिद्यार्थीहरुलाई उदाहरणको रुपमा लिएका छौ । पाँच बिद्यार्थी मध्ये कुन आफ्नै या नयाँ भर्ना भएका बिद्यार्थीको नतिजा कसको राम्रो भनेर समेत तुलना गरेका छौ ।

श्री कान्ति माध्यमिक विद्यालय, बुटवल

वुटवलको श्री कान्ति माध्यमिक विद्यालयबाट २०६८ सालको एसएलसीमा उत्कृष्ट अंक ल्याउने ५ जना बिद्यार्थी विभिन्न निजि बिद्यालयबाट कक्षा ९ मा भर्ना भएका बिद्यार्थी हुन । पाँचै जना बिद्यार्थीले ८५ प्रतिशतभन्दा बढी अंक ल्याएरका छन् । २०६८ सालको एसएलसीमा कान्ति माध्यमिक विद्यालयमा सुरु देखीनै अध्ययन गर्ने कुनै पनि बिद्यार्थी उत्कृष्ट पाँचमा पर्न सकेनन् ।

श्री कान्ति माध्यमिक विद्यालयको २०६८ सालको नतिजा

बिद्यार्थीको नाम  भर्ना भएको कक्षा छोडेर आएको बिद्यालयको नाम प्राप्ताङ्क
मदन पाण्डे  ९  सगरमाथा बोर्डिङ स्कुल ९१%
प्रशान्त काफ्ले  ९ कपिलबस्तु जिल्लाबाट आएको ९०%
सरोज बेल्वासे ९ दीप बोडिङ स्कुल ८९.८७%
आकाश घिमिरे ९ कपिलबस्तु जिल्लाबाट आएको ८८.६२%
कृतिका श्रेष्ठ   ९ दीप बोडिङ स्कुल ८८.६२%

श्री कान्ति माध्यमिक विद्यालय बुटवलको २०७३ सालमा सम्पन्न एसइइको परिक्षाफल पनि उस्तै रहयो । कान्ति माध्यमिक विद्यालयबाट २०७३ को इसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउन पाँच बिद्यार्थी पनि अन्य बिद्यालयबाट कक्षा ८ र ९ मा भर्ना भएका बिद्यार्थी नै छन् । कान्तिमा भर्ना भएका पा“च जना मध्ये ४ जना कक्षा ८ मा भर्ना भएका थिए भने १ जना कक्षा ९ मा भर्ना भएका थिए ।

श्री कान्ति माध्यमिक विद्यालयको २०७३ सालको नतिजा

बिद्यार्थीको नाम भर्ना भएको कक्षा छोडेर आएको बिद्यालयको नाम प्राप्ताङ्क
 सुप्रिया ढकाल  ९  बुटवल पब्लिक बोर्डिङ स्कुल A+
अनमोल भट्टराई ८ न्यु नमुना बोर्डिङ स्कुल A+
विशाल रिजाल  ८ अन्य विद्यालयबाट आएको A+
कैलाश भण्डारी ८ अन्य विद्यालयबाट आएको A+
प्रियङ्का सुवेदी ८ न्यु होराईजन बोर्डिङ स्कुल A+

कालिका माध्यमिक विद्यालय, बुटवलकालिका माध्यमिक विद्यालयबाट २०६८ सालको एसएलसी परिक्षामा सहभागी मध्ये उत्कृष्ट पाँच बिद्यार्थीले ७७ प्रतिशतभन्दा बढी अंक ल्याएका छन् । उत्कृष्ट पाँच मध्ये दुई बिद्यार्थी अरु बिद्यालयबाट आएका हुन । उनीहरु कक्षा ८ र ९ मा भर्ना भएका थिए । यो बिद्यालयबाट प्राविधिक तर्फका परिक्षामा सहभागी सबै बिद्यार्थी उतिर्ण भएका थिए ।

कालिका माध्यमिक विद्यालयको २०६८ सालको नतिजा

बिद्यार्थीको नाम  भर्ना भएको कक्षा  छोडेर आएको बिद्यालयको नाम  प्राप्ताङ्क
असगर अली ९ दीप बोर्डिङ हाई स्कुल ८८%
मनिषमान श्रेष्ठ २ आफ्नै उत्पादन ८६%
सन्तोष बस्नेत ८ देवीस्थान प्रा.वि गुल्मी ८२.६३%
मनिष भण्डारी २  आफ्नै उत्पादन  ७८.१३%
खुस्बु शाह ४ आफ्नै उत्पादन ७७.८८%

 कालिका माध्यमिक विद्यालयबाट २०७३ सालको एसइइ परिक्षामा सहभागी मध्ये उत्कृष्ट पाँच बिद्यार्थीले ए प्लस प्राप्त गरेका छन् । ए प्लस ल्याएर उतिर्ण पाँचै जना बिद्यार्थी विभिन्न निजी बिद्यालयबाट भर्ना भएका हुन । एक विद्यार्थी कक्षा ८ मा भर्ना भएका हुन भने ४ जना कक्षा ९ मा भर्ना भएका हुन । यो बिद्यालयबाट पनि प्राविधिक तर्फको परिक्षामा सहभागी सबै बिद्यार्थी उतिर्ण भएका थिए ।

कालिका माध्यमिक विद्यालयको २०७३ सालको नतिजा

बिद्यार्थीको नाम भर्ना भएको कक्षा  छोडेर आएको बिद्यालयको नाम प्राप्ताङ्क
 मनोज बेल्वासे  ८  बुटवल पब्लिक बोर्डिङ स्कुल A+
रविन्द्र पोखरेल ९ शान्ति दीप बोर्डिङ–नवलपरासी A+
आरती भुसाल  ९ दीप बोर्डिङ हाइस्कुल A+
राजपाल चौधरी  ९ अन्य बिद्यालयबाट आएको A+
सविन गहतराज ९  दीप बोर्डिङ हाईस्कुल A+

श्री शान्ति नमुना उच्च माध्यामिक बिद्यालय तिलोत्तमाश्री शान्ति नमुना उच्च माध्यमिक बिद्यालयबाट २०६८ सालको एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याएर उर्तिण हुने पाँचै जना विद्यार्थी निजी विद्यालयबाट कक्षा ९ र १० मा भर्ना भएका बिद्यार्थी हुन् । एक जना विद्यार्थी कक्षा १० मा भर्ना भएका थिए भने ४ जना विद्यार्थी कक्षा ९ मा भर्ना भएका थिए । शान्ति नमुनाका नियमित बिद्यार्थी भने ६८ सालका एसएलसीमा कोही पनि उत्कृट पाँचमा पर्न पर्न सकेनन् ।

शान्ति नमुना उच्च माध्यामिक बिद्यालयको २०६८ सालको ततिजा

बिद्यार्थीको नाम  भर्ना भएको कक्षा  छोडेर आएको बिद्यालयको नाम  प्राप्ताङ्क
निशान भण्डारी  १० न्यु होराईजन बोर्डिङ स्कुल ९०.७५%
प्रकृती लामिछाने  ९ न्यु इन्भारोमेन्ट बोर्डिङ स्कुल ८९.८८%
शुसिल न्यौपाने   ९ न्यु इन्भारोमेन्ट बोर्डिङ स्कुल  ८९.६३ %
उन्नती गौचन ९  कुवरवर्ती बोर्डिङ स्कुल  ८९.२५ %
गंगा बस्याल ९ न्यु इन्भारोमेन्ट बोर्डिङ स्कुल ८८.८८ %

२०७३ सालको विवरण२०६८ सालको एसएसलीमा बाहिरबाटै आएका बिद्यार्थी मात्र उत्कृष्ट पाँचमा परेपनि २०७३ सालको एसइइमा शान्ति नमुना उच्च माध्यामिक बिद्यालयले केही सुधार गरेको देखिन्छ । २०७३ सालको नतिजा अनुसार पाँच उत्कृष्ट विद्यार्थी मध्ये एक जना मात्र अन्य विद्यालयबाट आएका हुन ।

शान्ति नमुना उच्च माध्यामिक बिद्यालयको २०७३ सालको ततिजा

बिद्यार्थीको नाम भर्ना भएको कक्षा छोडेर आएको बिद्यालयको नाम प्राप्ताङ्क
स्वयमुन पाठक ५ आफ्नै उत्पादन A+
आरती ढकाल ७ आफ्नै उत्पादन A+
अरुण थारु ५ आफ्नै उत्पादन A+
सुरक्षा केसी ५ आफ्नै उत्पादन A+
उज्वल भण्डारी ८ अन्य विद्यालयबाट आएको A+

हाम्रो खोजले सरकारी सुविधाको लोभमा अभिभावकले आफ्ना बालबच्चलाई कक्षा ९ बाट सामुदायीक विद्यालयमा भर्ना गर्ने गरेको पुष्टी गरेको छ । सरकारी सुविधाको लोभमा सामुदायिक विद्यालय भर्ना हुने विद्यार्थीको नतिजाले सामुदायिक विद्यायलका संचालक आफ्नो विद्यालयले राम्रो अंक ल्याउने गरेको दावी गरिरहेको पनि पुष्टी भएको छ । शान्ति नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने पनि यो तथ्यमा सहमत छन् ।

निजी विद्यालयका विद्यार्थी आएर अध्ययन गर्न थालेपछि विद्यालको नतिजा उस्केकोमा सामुदायीक विद्यालय त खुशी नै छन् । तर, सरकारी नीतिका कारण आफ्ना विद्यार्थी सामुदायीक विद्यालय जान थालेको निजी विद्यालयका संचालक भने रुष्ट छन् । न्यू होराईजन इगलिस बोर्डिङ बुटवलका स्कुलका प्रिन्सीपल लोकनाथ उपाध्याय सामुदायिक विद्यालयहरुले हासिल गर्दै आएको नतिजामा आफ्नो योगदान रहेको दावी गर्छन् ।

प्याब्सन र एन प्याब्सनका नेतृत्वहरु सरकारको गलत नीतिका कारण निजी विद्यालयको लागानीमा सामुदायिक विद्यालयहरुले रजाइँ गरिरहेको आरोप लगाउछन् । एउटै कानुन मातहत संचालनमा रहेका निजी र सामुदायिक विद्यालयप्रतिको सरकारी व्यवहार गलत रहेको उनीहरु आरोप लगाउछन् ।

सरकारी नीति अनुसार निजी विद्यालय र विद्यार्थीले छात्रवृत्ति लगायतका अवसर पाउँदैनन् । तर, सामुदायिक विद्यालयहरुले भने निजी विद्यालयका विद्यार्थीहरुले हासिल गरेको सफलताबाट कुनै न कुनै रुपमा विभिन्न अवसर पाउने गरेका छन् । हाम्रो खोजले निजी र सामुदायिक विद्यालयबीचको अघोषित युद्ध अन्त्य गर्न नीतिगत सुधार आवश्यक रहेको देखाउँछ ।

सामुदायिक विद्यालयले दिने गर्ने शिक्षाको गुणस्तर राम्रो नहुँदा आम अभिभावक र विद्यार्थी निजी विद्यालयमा आकर्षित हुनु अस्वाभाविक होइन । तर, सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुृधार भन्दा पनि विभिन्न प्रलोभनका आधारमा विद्यार्थी तान्ने मात्र नीति अवलम्वन गरेको छ । यही नीतिका कारण निश्चित उद्देश्य पुरा गर्न निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालय फर्कनु पर्ने परिस्थिति बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com