ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीयता सफल पार्न कर्मचारी र पत्रकारको अहम् भूमिका


एबीसी न्यूज

 

पोखरा, ७ फागुन ।  प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीले संघीयताको सफल कार्यान्वयनमा राष्ट्रसेवक कर्मचारी र संचारकर्मीको अहम् भूमिका रहने बताउनुभएको छ ।

संघीय संसद् सचिवालयको आयोजना तथा संसद् सहयोग परियोजना (युएनडिपी) को सहकार्यमा आयोजित प्रदेशसभाका कर्मचारी तथा संचारकर्मीका लागि सभा सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उहाँले संघीयता नवीनतम् भएको हुँदा कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनुभयो ।

सभामुख अधिकारीले सरकारले गरेका राम्रा कामलाई उजागर गरी जनता सामु पु¥याउन पत्रकारलाई आग्रह गर्दै संघीयताको सफल कार्यान्वयन गरी प्रदेश नं ४ लाई नमूना र समृद्ध प्रदेशका रुपमा विकास गर्न सकिन्छ भन्नुभयो ।

“अबको आन्दोलन समृद्धिको लागि गरिनु पर्दछ,” उहाँले भन्नुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संसदीय रिपोर्टिङ यस क्षेत्रका पत्रकारका लागि नयाँ अभ्यास भएको बताउँदै मर्यादित पत्रकारिताका लागि अभिमुखीकरण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले विविध व्यवस्थापन र संसदीय प्रक्रियामा संचार जगतको भूमिका, सांसद सुविधा व्यवस्था र प्रदेशसभा सचिवालय र संसदीय प्रक्रियाबारे आधारभूत जानकारी, प्रदेशसभा सचिवालयका उपसचिव गोपाल सिग्देलले प्रश्न व्यवस्थापन, युएनडिपीका संसदीय बाह्रय पहुँच टीम लिडर दिलादत्त पन्तले कर्मचारी र मिडिया, प्रदेशसभा सचिवालयका कम्प्युटर अधिकृत अनन्त कोइरालाले संसदीय समिति विषयमा सहजीकरण गर्नुभएको थियो ।

एकदिने उक्त अभिमुखीकरण कार्यक्रममा प्रदेशसभा सचिवालयका कर्मचारी र संसदीय रिपोर्टिङमा चासो राख्ने पत्रकार गरी कूल ५० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com