ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुपू मन्त्रीले गाडि फिर्ता गरेनन् ,थुतेरै ल्याउने गृहको तयारी


admin
फाल्गुन ६, २०७४ आईतबार  ४ : ३१ बजे

काठमाडौं, ६ फागुन । भुपू मन्त्रीहरुले गाडी फिर्ता नगरेपछि गृह मन्त्रालयमा नँया मन्त्री लाई गाडि कसरी व्यवस्था गर्ने भन्ने अन्यौलता सिर्जना भएको छ । देउवा सरकारका ४४ जना मन्त्रीमध्ये अधिकांशले गाडी फिर्ता गर्न नमान्दा गृहका कर्मचारीहरु नयाँ मन्त्रीलाई कसरी सवारी साधनको व्यवस्था गर्ने भन्ने अन्यौलमा छन् ।

सबै निवर्तमान मन्त्रीहरुलाई गाडि फिर्ता गर्न नोटिस जारी गरिसकेको र ७ दिनको समय दिएको गृह मन्त्रालयका सह सचिव ईश्वर पौडेलले बताए । गाडि फिर्ता नगरे थुतेरै ल्याउने तयारी गरेको जानकारी दिँदै उनले भने , ‘सवै निवर्तमान मन्त्री ज्यूहरुलाई शुक्रवार नै गाडी फिर्ता गर्न नोटिस दिइसकेका छौं, नोटिसमा ७ दिन भित्रको म्याद दिएका छौं । उहाँहरुले समयमै फिर्ता गर्नुभएन भने थुतेर पनि ल्याइन्छ ।’

मन्त्रीले प्रयोग गर्ने मुख्य (झण्डावाल) गाडीको व्यवस्थापन गृह मन्त्रालयले गर्छ । मन्त्रीले आफ्नो मन्त्रालयबाट समेत गाडी लिने गरेका छन् ।

‘आफ्नो मन्त्रालयबाट लिएका गाडीहरु उहाँहरुले मन्त्रालयमा नै फिर्ता गर्नु हुन्छ,’ सह–सचिव पौडेलले भने, ‘गृह मन्त्रालयले दिएको (झण्डावाल) गाडी अनिवार्य रुपमा गृह मन्त्रालयमा नै ७ दिनभित्र फिर्ता गर्नुपर्छ । नभए हामीले जहाँ भेट्टायो त्यतैबाट थुतेर ल्याउँछौं ।’

मन्त्रीको झण्डावाल गाडीमा गृह मन्त्रालयले नै खटाएका चालक हुने भएकाले निर्वातमान मन्त्रीले नचाहेमा पनि गाडी फिर्ता गर्न कुनै अप्ठेरो नभएको उनको भनाइ छ ।

इतिहासकै सबैभन्दा बढी (६४ सदस्यीय) मन्त्रिमण्डलको नेतृत्व गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेका छन् । देउवाले राजीनामा दिएको घोषणा गरेको केही समयमै नयाँ प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिबाट शपथ ग्रहण गरेर कार्यभार समेत सम्हालिसकेका छन् ।

ओलीले शुक्रवारै २ मन्त्रीलाई पनि शपथ ग्रहण गराएका थिए । एमाले र माओवादी केन्द्रको (वाम गठवन्धन)ले एक–दुई दिनमै नयाँ मन्त्रीको पनि टुंगो लगाउने तयारी गरेको छ । अबको एक सातामा मन्त्रिमण्डलले पूर्णता पाउने एमाले–माओवादीका नेताहरुको भनाइ छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा बारामा आन्तरिक संकट: संगठन प्रमुख पवन चौधरीले दिए राजीनामा

भरतपुर विकास मोडेललाई संघसम्म विस्तार गर्ने रेणु दाहालको प्रतिबद्धता (भिडियो)

नवलपुर–१ मा माओवादी उम्मेदवार भुर्तेलको दाबी : “जित्ने हामी नै हौं, सिट र मत दुवै बढ्छ” (भिडियोसहित)

२९० कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार

पोखरा लेडी जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबिसी टिभीले गर्ने

दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com