ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नौ हजार गाँजाको बोट नष्ट


एबीसी न्यूज

काठमाडौ ३ पौष । लागुऔषधको रुपकमा गाँजा फँडानी अभियानका क्रममा पर्सा प्रहरीले नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीहरुले व्यावसायिक रुपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएको हो । सो अभियानअन्तर्गत हालसम्म जिल्लाको विभिन्न स्थानमा करिब नौ हजारभन्दा बढी गाँजाको बोट फँडानी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

अभियानकै क्रममा पछिल्लो पटक पर्साको ठोरी गाउँपालिका–३ स्थित रामनगर तथा बुद्धनगर र पटेर्वासुगौली गाउँपालिका–४ र ५ स्थित देउरिया र डेकुलीमा स्थानीयवासीले अवैधरूपमा लगाएको छ हजार गाँजाको बोट फँडानी गरी नष्ट गरिएको थियो । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, इलाका प्रहरी कार्यालय ठोरी, इलाका प्रहरी कार्यालय औडारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा स्थानीयवासीले करिब ११ कट्ठा जग्गामा लगाएको गाँजा फँडानी गरिएको पटेर्वा सुगौली इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए।

यसअघि प्रहरी टोलीले जिल्लाको पर्सागढी नगरपालिका–३ झबराहामा करिब डेढ बिघा जग्गामा लगाएको १२ हजार गाँजाको बोट र ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा करिब १६ कट्ठा जग्गामा लगाइएको १८ हजार गाँजा खेती फँडानी गरिएको थियो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष राईको नेतृत्वमा खटिएको टोलीले ठोरी गाउँपालिका–३ र ४ मा स्थानीयवासीले दश कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजा र जिराभवानी गाउँपालिका–१ मा छ कट्ठा एक धुर जग्गामा लगाएको गाँजाकोबोटहरू फँडानी गरी नष्ट गरिएको थियो । पर्साको ठोरी, पर्सागढी, बहुदरमाई, पोखरियालगायत स्थानहरुमा गाँजा खेती भइरहेको छ। अवैध रुपमा गाँजाखेती फस्टाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न अभियान थालिएको र अन्य स्थानमा पनि गाँजा फँडानीलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com