ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवाको निर्देशनपछि सडकको पुनःस्थापना सुरु


admin

काठमाडौँ, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिनुभएपछि मेलम्चीको पाइप बिच्छ्याउन खनिएका सडकको पुनःस्थापना सुरु भएको छ ।

सडक दूरवस्थाका कारण उपत्यकामा एक बालिकाको मृत्यु भएपछि प्रधानमन्त्री देउवाले साउन १ गते आइतबार सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाई १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिनभएको थियो । यसको समन्वयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा संयन्त्र पनि गठन गरिएको छ ।

मेलम्ची आयोजनाबाट प्राप्त हुने पानी वितरणका लागि काठमाडाँै उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छ्याएको थियो । मनसुन सुरु भइसकेकाले थप ठाउँमा पाइपलाइनको कार्य गर्दा सर्वसाधारण तथा सवारी साधनको आवागमनमा असर पर्ने भएकाले निर्देशनालयले बाँकी सडकखण्ड खन्न पूर्णरुपमा बन्द गरेको छ । यसै क्रममा उपत्यकामा खनिएका सडकका कारण दुर्घटना भइरहेकाप्रति निर्देशनालय गम्भीर भएको प्रवक्ता लीलाप्रसाद ढकालले बताउनुभयो ।

“सामाखुसी क्षेत्रमा पाइप बिच्छ्याउने निर्देशनालयको कार्यक्रम छैन, साउन १ गते प्रधानमन्त्री देउवाले उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी १५ दिनभित्र मर्मत गरिसक्न सम्बद्ध निकायलाई निर्देशन दिनुुभएकाले निर्देशनालयले पाइपलाइन बिच्छ्याउने क्रममा खनिएका सडकलाई दुरुस्त बनाउन प्रयास केन्द्रित गरेको छ,” उहाँले भन्नुभयो ।

निर्देशनालयले थोक वितरण प्रणालीका लागि ६०.६ किलोमिटर पाइपलाइन बिच्छ्याउनुपर्नेमा हालसम्म पानी पोखरीहरुसम्म पानी प्रवाहका लागि महत्वपूर्ण ५१.५ किलोमिटरको काम सकेको छ । त्यसैगरी, वितरण सञ्जाल सुधारका लागि ६७० किलोमिटर पाइपलाइन विस्तार गर्नुुपर्नेमा हालसम्म ६१० किलोमिटर पाइपलाइन बिच्छ्याइएको छ । उपत्यकामा पानी वितरण गर्न पानी भण्डारणका लागि महांकालचौर, पानीपोखरी, बाँसबारी, टिग्नी, बालाजु र खुमलटारका पानी पोखरीको काम सकिएको छ ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले काठमाडौँका विभिन्न स्थानमा निरीक्षण गरी बिग्रिएका सडकलाई तुरुन्तै मर्मत गर्न निर्माण व्यवसायीलाई स्थलगत रुपमै निर्देशन दिनुुभयो । बत्तीसपुतली, रातोपुल, चावहिल, चुच्चेपाटी, कपन क्षेत्रमा बिग्रिएका सडकको मर्मत सुरु गरिएको निर्देशनालयले जनाएको छ । यी सडकलाई आगामी दश दिनभित्र सम्पन्न गर्ने गरी काम भइरहेको प्रवक्ता ढकालले बताउनुभयो ।

कुल ७३० किलोमिटर वितरण सञ्जालमध्ये २३० किलोमिटर सडकमा र ५०० किलोमिटर पाइप पैदलमार्ग (फुटपाथ) मा बिच्छ्याइएको निर्देशनालयले जनाएको छ । दुईसय ३० किलोमिटरमध्ये पनि मूल सडकमा २६ किलोमिटर मात्र पाइप बिच्छ्याइएको उहाँले जानकारी गराउनुभयो । यसमध्ये २४ किलोमिटरमा अस्थायी कालोपत्र ‘प्राइम कोट’ गरी सकिएको छ । चावहिल र महाराजगञ्ज क्षेत्रका केही भागमा दुई किलोमिटर सडकमा ‘प्राइम कोट’ गर्न बाँकी छ ।

यसैगरी, चावहिल, चुुच्चेपाटी क्षेत्रमा बर्सातको पानी जम्न नदिन जम्मा भएको माटो फाल्ने काम शुरु गरिएको छ ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको कार्य दु्रत गतिमा सम्पन्न गर्न सडक खन्नुपर्ने बाध्यता रहेको जनाउँदै निर्देशनालयले सडक खन्दा सेवा प्रदायकसँग समन्वय गरी काम अघि बढाइएको बताएको छ । सडक खन्ने क्रममा पनि धुलो र हिलोको समस्या कम गर्न आयोजनाको वातावरण व्यवस्थापन योजना अनुसारका काम गरिँदै आएको निर्देशनालयको दाबी छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com