ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिकास गर्न सरकारको मुख ताक्नै पर्छ र ?


sharan sharan
माघ २७, २०७४ शनिबार   ९ : ०९   बजे

बुटवल, २७ माघ ।
स्थानीयबासीमा बिकास प्रतिको ईच्छा शक्तिमात्र हुने हो भने सरकारले गर्न नसकेको काम द्रुतगतिमा जनताले नै गर्न सक्छन् भन्ने एउटा उदाहरण रुपन्देहीमा देखाएकाछन् । बुटवल बेलहिया सडक खण्डको ६ लेनको सडक पुरा हुन सरकारलाई १२ बजिरहेका बेला, बनेको झण्डै ५ किलोमिटर सडक भने सरकारी उपस्थिती बिना नै जनताले हरियाली बनाईदिएकाछन् ।
बुटवल बेलहिया खण्डको सिक्सलेन सडक अन्तर्गत निर्माण पुराभएको योगीकुटि देखि मणीग्रामसम्म सडक खण्डको ५ किलोमिटर क्षेत्रमा नगरका स्थानीयबासीले आफ्नै लगानीमा हरियाली बनाईदिएका छन् । सडकको दुबै किनारमा बिभिन्न प्रजातिका फुल, विरुवा रोपे पछि सडकखण्ड नेपालभित्रकै होईन कि भन्ने जस्तो देखिएको छ । स्थानीय ब्यवसायी सुरज काफ्ले र रमेश पाण्डेको सक्रियतामा घर अगाडी फुलरोप्ने कामको सुरुवात भएपछि स्थानीय सबैले उनीहरुलाई पछ्याउंदै ५ किलोमिटर क्षेत्र नै हरियाली बनाउने अभियानमा जुटेकाछन् ।
१ वर्ष अगाडी दुबईमा काम बिशेषले पुगेका सुरजलाई नेपालमा पनि यस्तै बनाउन पाए कस्तो हुन्थ्यो भन्ने मनमा लागेको थियो । नेपाल फर्के लगत्तै घर अगाडी बन्दै गरेको ६ लेन सडक सिंगार्ने रहर पुरा गर्दै उनले सडकको आईसलेण्ड क्षेत्रमा फुल रोप्न सुरु गरेका थिए । दुबईमा देखेको सपना नेपालमा पुरा भएको काफ्ले बताउंछन् ।
सुरजको योजनाको होस्टेमा हंसे गर्ने अभियन्ता थिए अर्का ब्यवसायी रमेश पाण्डे । नर्सरीको ब्यवसाय गर्ने रमेशसंग फुलवारीको बिज्ञता र सुरजसंगको ईच्छा मिलेपछि सुरजकै घर अगाडीबाट सुरुभयो सडक किनार हरियो बनाउने अभियान् । लुम्बिनी सम्म पुग्ने सडक किनारमा हरियाली र सडकको बिच भागमा बुद्धका बिभिन्न मुर्ति राखेको हेर्ने ईच्छा छ पाण्डेको ।
सुरजका घर अगाडी थरिथरिका फुल फुलेपछि उनका छिमेकीलाईपनि रहर पलायो घर अगाडी हरियो बनाउने । क्रमशः सुरुभयो तिलोत्तमा नगरका सडक किनार अभियानमा फुल रोप्ने अभियान । सडकको किनारमा फुल संगै अर्गानीक तरकारी पनि फल्न थालेपछि यतिबेला सबैमा उत्साह पलाएको छ । आमा समुहको नाममा होस् वा महिला समुहको नाममा तिलोत्तममाका जनता यतिबेला फुर्सद भयो कि सडक किनारको फुलवारी गोड्न वा फुल लगाउन जुटि हाल्छन् । सरकारी सहयोग बिना पनि उनीहरुमा कुनै उत्साहमा कमी छैन ।
जनताको यती धेरै लगानीमा स्थानीय सरकारको भने रत्तीभर लगानी छैन । ग्रिन तिलोत्तमा क्लीन तिलोत्तमाको नारा सहित सपथ खाएका तिलोत्तमा नगरपालीकाले नारा तय गर्नु बाहेक सडकको सुन्दरतामा लगानी गर्न सकेको छैन । नगरपालिकाकै नारालाई जनताले साकार पारेपनि नगरपालिकाले लगानी गर्न नसकेको स्विकारोक्ति छ नगरपालिकाका उप प्रमुख जागेश्वरी चौधरीको ।
छिमेकी तिलोत्तमामा स्थानीयले धमाधम सडक किनारमा हरियाली बनाउन थालेपछि बुटवल उपमहानगरका जनतामा पनि जांगर पलाएको देखिएको छ । जसरी बिकासमा ईच्छाशक्ति भए सरकारको मुख ताक्नै पर्छ भन्ने केहि छैन भन्ने कुराको उहाहरण रुपन्देहीबाट सुरु भएको छ, त्यो उदाहरण घरभित्र थुप्रिएको फोहोर लाजै नमानी सडकमा फाल्ने बानी परेका अन्य नगरबासीहरुले सिक्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group