ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डाइनोसर युगमा पुतली पनि अस्तित्वमा


admin

काठमाडौं, २६ माघ । नयाँ प्रमाणहरूले विभिन्न खालका पुतलीहरू झण्डै २० करोड वर्ष भन्दा अघिदेखि अस्तित्वमा रहेको देखाएको छ।

त्यो विगतमा वैज्ञानिकहरूले अनुमान गरे भन्दा ७ करोड वर्ष बढी हो।

जर्मनीको चट्टानमा वैज्ञानिकहरूले धुलोको कणको आकारको पुतलीको जीवाश्म फेला पारेपछि यो तथ्य बाहिर आएको हो।

पछिल्लो अध्ययनबाट पुतलीको उत्पत्ति भएको भनिएको समय थप पर धकेलिएको वैज्ञानिकहरू बताउँछन्।

पुतलीको प्रारम्भिक अवस्थाबारे अध्ययन गरेर उनीहरूका संरक्षणबारे थप ज्ञान हासिल हुनसक्ने बताइएको छ।

डाइनोसर युग र पुतली संगसंगै

प्राचीन चट्टानमा फेला परेका पुतलीका पखेटाहरूका सूक्ष्म जीवाश्मको अध्ययनपछि यो निष्कर्ष सार्वजनिक गरिएको हो।

‘साइन्स एडभान्सेज’ नामक जर्नलमा प्रकाशित उक्त लेखले पुतलीहरू कसरी अन्टार्टिका महादेश बाहेक सर्वत्र पुग्न सफल भए भन्नेबारे विभिन्न जानकारीहरू समेटेको छ।

वैज्ञानिकहरूले पछिल्लो खोजले पुतलीहरू शुरुवाती चरणका डाइनोसरहरूसँगै पृथ्वीमा रहेको र डाइनोसर लोप हुँदा समेत उनीहरू बाँच्न सफल भएको पुष्टि गरेको उल्लेख गरेका छन्।

यो अध्ययनले पुतलीहरूले वासस्थान लोप हुने र जलवायु परिवर्तन जस्ता आधुनिक चुनौती कसरी खप्न सक्छन् भन्नेबारे थप अध्ययन गर्न मद्दत पुर्याउने वैज्ञानिकहरूको विश्वास छ।

पुतलीहरूलाई एकदमै कमजोर प्रकृतिका जीव मानिन्छ त्यसको अर्थ जीवाश्म फेला पर्नु अति नै दुर्लभ मानिन्छ।

 

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com