ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माफ गर्नुहोला ओली कमरेड :हजुरले भ्यु टावरको बिषयमा उठाएका कुरा अलि हजम लागेन ।


ABC NEWS

शारदा शर्मा

केपी ओली कमरेड ,समय अनेक उत्भाष लिएर आउने रहेछ । हजुरको आशले दुनिया सलबलाएको समय ठ्याक्कै बलेको आगोमा पानी खन्याएजस्तो बन्यो नेकपाको अवस्था । एउटै भिजनमा दुइवटा टोकरी थापेर ब्यापार गर्दै आएका फरक स्वभावका ब्यापारीहरु मीले भने देशमा मूल्य निर्धारण लगायत त्यस्ता धेरैकुराको शक्तिसन्तुलन मिल्नेछ जहां धेरै दोकान थाप्न पर्ने अवस्था आउने छैन थोक र खुद्राबाट भन्दा होलसेलनै सस्तो पर्ने जनताको आशलाई हजुरहरुको इगोले निमिट्यान्न पार्यो । होलसेल पसलबाटनै सस्तो सामान किनेर सुख शान्तिको सास फेर्ने जनताको चाहानालाई दुइ ब्यापारीले मात्र हैन होलसेलहरुलाई सामान बेच्ने ठुला पसलहरुनै लागेर भताभुगं पारे । एक भएका ब्यापारीहरु ठ्याक्कै तीन चिरा भए । होलसेल खोजेका जनतालाई खुद्राको अर्को सटर खोलेर झनै चकित पारियो ।
जे जस्तो परे पनि समय अगाडि बढ्छनै । जनताको चाहानालाई भन्दापनि मुठीभर मानिसको स्वार्थको लागि गोटी बन्नुभयो तपाईहरु । कमरेड आलोचना पचाउन सक्ने क्षमता तपाइहरुमा कमै देखिन्छ । पढ्दा पनि लाजै लाग्ने चाकडी गर्ने एकदुइजनाका काब्य हेर्दा त तपाइहरुलाई पनि भित्र भित्र लाजत पक्कै लाग्छ होला र पनि आलोचना भन्दा त तारिफनै मन पर्छ मानिसहरुलाई । किनकी यो हाम्रो समाजको नेचर हो । हामीले निर्माण गरेको संरचनाको पात्रनै त हो तपाइहरु पनि ।

पार्टी संगठन नेतृत्व भन्दा पनि गुटगत मानसिकता एकले अर्कोलाई सकाउने यदुवंसी लडाइले सायद कम्युनिष्टहरु संधै चिरा चिरा मात्र परेका छन । अझै पनि बिस्वासत छैन आश भने मरेको छैन तपाइहरु प्रति । ओली कमरेड जे भए पनि जे गरे पनि तपाइहरु माहान हुनुहुन्छ । यो देश कसरी कुन गतिमा कुदाउने तपाइहरुकै हातमा छ । सत्ता बांडफांड गरेर आलोपालो तरमार्ने मत दिएकाछौं हामी जनताहरुले मिलेर खानु भनेर के गर्ने तपाइहरुको कुरा हो । जे सुकै गर्नुस हामी किन बोल्नु पर्यो । समाज कता जादैछ हजुरहरु निकै बिज्ञ हुनुहुन्छ । तर कतिखेरत लाग्छ सबै ठिक छ भन्ने चाटुकदारहरुले आफ्नै घर अगाडि पहिरो जांदा पनि बाटो खन्न बम बलास्ट गरिएको हो हजुर यति बजेटमा भन्यो भने हजुरहरु पत्याउनु हुन्छ ।
माफ गर्नुहोला केपी कमरेड हजुरले भ्युटावरको बिषयमा बोलेको कुरा पनि अलि हजम लागेन मलाई ।
नरिसाउनु होला अलिसमय अगाडि खै कुन कार्यक्रममा हो हजुरले भ्युटावरको बिषयमा कुरा गर्नु भएको थियो । हजुरका कुरा निकै रमाइला पनि हुन्छन त्यसैले तल ताली बजाउने मानिसहरुले पनि निकै रमाइलो मानेर ताली बजाइरहेका थिए । सबभन्दा पहिला त हजुरहरुले बुझ्नु पर्ने एउटा मूख्य कुरा हजुरले कुनै पनि बिचारको कुरा गर्नुहुन्छ भने मानिस अलमल हुन्छ सुन्न चाहांदैन बुझ्न पनि चाहांदैन तर कुनै फन्टुस कुराछ भने अनेक भनेर ताली र कमेन्ट हुन्छ ।अहिले हामीले निर्माण गरेको समाजले लिएको गति र बाटो हो यो छोडौ यी कुरा पनि ।
मूख्य बिषयमा आउं । अलि पहिल्यै होला मैले हजुरको भाषण सुन्ने अवसर पाएकी थिएं । अहिले त मानिस भाइरल हुन अनेक फन्डा गर्छन । भ्युटावरको बिषयमा मलाई त्यति ज्ञान छैन । के हेर्न भ्युटावर बनेको हो । ज्ञान नभएकोले टिप्पणी गर्न जरुरी पनि थिएन तर मैले पनि राज्यलाई कर तिर्छु । एउटा नागरिकको हैसियतले पनि बोल्न मात्र त मिल्यो हैन र । भ्युटावर जस्तै डांडाकाडाले घेरिएको समाजमा हुर्किएर होला भ्युटावरको महत्व बुझ्न नसकेको । मलाई त भ्युटावर भन्दा पुलपुलेसा बनाएर खोला तर्न सजिलो बनाउन पाए हुनेजस्तो लाग्छ । हजुरले तुइनको जमना गयो भनेर गरेको भाषण पनि सुनेकी थिएं त्यसपछि दुइचारजनाले त्यहि तुइन तर्दा ज्यान गुमाएको पनि समाचारमा बनाउनु पर्यो । खै कता हो हिंजो आजनै बिद्यार्थीहरु निकै कस्टको साथ खोला तरेको पनि देखियो । हुनत हजुरहरुलाई हात मोल्नेहरुले सबै ठिक भयो तुइन जति पुल बने खोला माथि रिभल्बिगं बने भनेका पनि हुनसक्छन । हामी ज्ञाननै नभएका मानिसलाइ के भ्युटावर के सिसाटावर।

बिहान बेलुकाको गर्जो टार्न पाए पनि ठुलै संकट टार्न सकियो जस्तो अवस्था सिर्जना हुन थाल्यो । आर्थिक मन्दिले जनजीवन अस्त ब्यस्त बनेको समय हजुरहरुका कुरा सुन्दा अनौठो लागेर आउछ । यो टावर त बन्यो बन्यो अव पनि यस्ता निर्णय गर्दा जनताको सरोकारमा ध्यान दिनुहोला । मानिसको जनजीवन लथालिंग बनेको अवस्थामा कुन हौसलाले भ्युटावर पुगेर फेरि के हेर्ने हो ?टावरको बिरोध गरेको हैन घरै पिच्छे टावर भए मानिस झन बाहिर जानै पर्दैनथ्यो । घरघरबाट छिमेकीलाई हेर्न हुने थियो । यसैमा सम्झना आयो अष्ट्रेलिया जांदा यौटा होटलमा बसेको बहत्तर तला माथि परिएछ साथीहरुले भन्नु भयो अब सिड्नी टावरलाई खर्च गर्नु पदैन देखिने यही भ्यु हो । फाइदा त होलान तर हेर्नुन जताततै ब्यापार ठप्प छ महंगीले सिमा नाघेको छ । कुनै बस्तुको भाउ पनि छोइखाइ साध्य छैन । शहरका साना ब्यापारीहरु सुन्दर शहरको बाहानामा लखेटिंदैछन । मानिसनै नभएको शहरको कल्पना होकी के हो? सबै कुरालाई गलत भन्नत सकिदैन

हजुरहरुबाट वाक्क भएकोले जनताले शहरमा मत बदलेका छन । पैसा भएपछि जस्का जग्गा जमिन जस्लाइ पनि मिलाइदिन सक्ने तपाइहरुले सार्वजनिक जग्गाहरु समेत हडपेर बांडफाड गरेर खाएको देखेरनै नयां आउनेहरुले त्यस्लाई एजेन्डा बनाउनु स्वभाबिक थियो। । तर उनिहरुसंग पनि सोचेजस्तो भिजन भएन । ल गर्ने हान्ने र स्टन्ट गर्ने भन्नेबाहेक जनतासंग प्रत्यक्ष जोडिएका समास्याहरुको संबोधन भएन । कमरेड गांउमा मानिसहरु छैनन । भन्न सजिलो छ गांउ गए हुन्छ । हजुरहरुले संघियताको परिकल्पना गरेर गाउं गाउमा सिंहदरवार भन्नुभयो तर गाउंमा गाउ गाउमा लुटेरा जस्तो अवस्था आयो । तपाइहरुका कार्यकर्ताहरुको उपस्थिति त होला तर सबैलाई गरेर हैन ठगेर खान सिकाउनु भयो अझ उनिहरुकै ठुला कुरा । बैज्ञानिक कृषि प्रणाली छैन । पहाडतिर राम्रो खेती पाती हुंदैन बर्षदिन काम गरेर खान पुग्दैन बच्चाहरु पढाउनेको त कुरै नगरम । जनता सक्षम भएको देशको शासक हुनुपो राम्रो होला तपाइहरुत आफुलाई कुनैकुराको अभाव नभए पछि अरु किरा बराबर भनेर हिंडन थाल्नु भयो । ।तैपनि त्यो पैसाले जनताको प्रत्यक्ष सरोकारको बिषयमा सम्बोधन गर्ने कृषीमा लगानी गरेको भए पनि हुने जस्तो लाग्छ । मैले हजुरलाई मात्र भन्न खोजेको हैन सबै पार्टी र नेताहरुको कुरा यही हो । यो बिषयमा जति मैले उठाएका कुराहरु छन हजुरलाई मात्र पक्कै हैन नरिसाउनु होला ।

हजुरले भ्यु टावर बन्यो र न कामदारले काम पायो सिमेन्टको बालुवाको ब्यापार भयो एकै पटकमा धेरैले रोजगार पाए लगायतका कुरा गर्दा हांसो पनि लाग्यो । ब्यापार त जनताको सरोकारमा खर्च गर्नसकेको भए पुल बन्दा पनि हुने थियो । ठाउं ठाउमा चिस्यान केन्द्र राखिदिएर जनताले उत्पादन गर्ने दुध र तरकारीको बिषयमा लगानी गरेको भए पनि त हुने थियो । बिजुली बेच्ने देशका दुरदराजमा अझै पनि बिजुली नगएका गाउंहरु पनि रहेछन त्यहां खर्च गर्न पाएको भए पनित हुनेथियो । तर हजुहरुसंग पुल बनाउंछौ भन्नेहरुले बनाएका पुल वल्लो छेउ बाट पल्लो छेउ नपुग्दै भत्केका समाचारहरु पनि देख्न पाइन्छ । कमरेड हुनत बनिहालेको भ्युटावरको बिषयमा देशको अबिभावकले यतित भन्नै पर्यो । र पनि जग हंसाउने यस्ता कुराहरु कम गरेर जनताको जीवनस्तर उकास्न मिल्ने कामहरु गर्न पाए कसो हुन्थ्यो होला ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com