ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमरेड प्रचन्ड के यही हो संघियताको भद्धा मजाक ?


abc

भेटभए तपाइंसंग मन खोलेर कुरा गर्न सकिन्छ । तर हजुर जव जब सत्तामा पुग्नु हुन्छ खै किनहो हामी भुंइ मान्छेहरुलाई सम्झिनु हुंदैन । हुनत साना मान्छेहरुलाई सत्तामा गएपछि सम्झिनु पर्छ भन्ने पनि छैन किनकी सत्ता त्यस्तो नसा हो जुन नसा चढेपछि मानिसको अवहेलना गर्न कुनै क्षमता र योग्यताको खांचो पर्र्दैन । सत्ताधारीहरुले सम्बन्धको नाममा यौटा सामान्य मानिसलाई जसरी नचाए पनि हुन्छ । नबोले पनि हुन्छ नसम्झे पनि हुन्छ । अनि जस्ता फन्डा लगाइदिए पनि हुन्छ । र पनि हामी कुनै दिन भेट पक्कै हुनेछौ ।
देश न हामीले सोचेजस्तो छ न हजुरले सोचे जस्तो । तपाइका अप्ठ्याराहरु बुझ्न टाढा जानै पर्दैन । अनेक संकटमा पनि सतिसाल जस्तो तपाइको स्वभावले तपाई नेता हो । सायद बिकासित देशहरु हुन्थे भने तपाइको महिमा निकै उचाइमा हुनेथियो तर यहां क्षमता र मानिसको योग्यताको हजुरले पनि कदर गरेको देखिदैन अरुको कुरै छोडौं र पनि जनताका आंगनमा आज पनि तपाइको चाम सकिएको छैन । भन्नेहरुले जे भनुन देशलाइ जुन मोडलमा लैजान पनि हजुरको खुवी र क्षमताको कदर जनताले गरेका छन् । जहांसम्म कमिकमजोरीका कुरा त हामी मानिस हौं जस्बाट पनि हुन्छ । तीनै कमी कमजोरी बाट सिकेरनै मानिस अगाडि बढ्ने हो । यो तपाईलाई भन्दा अरुलाई कमै ज्ञान होला ।
कमरेड प्रचन्ड, म नियम कानुन र जुनुनका कुरा गर्न चाहान्न । सायद ममा हजुरहरु संग देशको मोडालिटिको बिषयमा कुरा गर्न सक्ने योग्यता पनि कहां छ र मैले सामान्य कुरा गर्छु । शिर्सकमा मैले जुन कुरा उठाए त्यो तपाइको मनको अन्तरकुन्तरमा पनि अवस्य छ । तपाइ आं गरेपछि अलंकार बुझ्न सक्नुहुन्छ । सायद मैले संघियता अ‍ैले गन्धमा सुंघिरहेकी छु । संघियताको प्रातडना हेर्न टाढै जानु परेको छैन । मेरो घरको पाचसय मिटरको दुरीमा ढल खोलिएको छ । त्यही नजिक प्रत्यक दिन गरीब मानिसहरु दुइछाक जोहो गर्न ठेलामा साग बेच्दै हिंड्दा लखेटिएका छन । सुने ,अस्ति मात्र ठेलागाढमा ब्यापार गर्नेका सामान खोसिए पछि एकजनाले आत्महत्या गरेछन् ।केहीदिन अगाडि म कलंकीमा हिडदै थिएं त्यहां पनि सुन्दर शहरको प्रहसन निकै राम्रो तरिकाले गरिदै थियो । ठेलामा राखेका फलफुल तपाइका सत्ताधारीहरुले खोसेर बाडफाड गर्दै थिए ।
शहर सफा हुनुपर्छ भर्खरै गााडी सिकेर चलाउन थालेकोले पनि मलाइ शहर खाली हुंदा गाडी हुइकाउन नजाने पनि सजिलो भएको छ । यो मेरो लागि कति राम्रो कुरा हो । मेरै घरको अगाडी सार्वजनिक जग्गामा बनेका सबै घरहरु भत्काएर समथर पार्क बनाउन पाए कति सजिलो हुन्थ्यो होला भनेर पनि सोच्छु तर दशकौं यहीं बसेका तपाइहरुका भोटरहरुको समस्या देख्छु बिचरा कहां जाने ब्यवस्थापन हुनत पर्योनी । तपाइलाई लाग्ला यहां त मेरा भोटर कहां छन र । तर तपाई त देश परिवर्तन गर्न हिंडेको सिपाही त्यही सिपाही बाट बढुवा भएको कमान्डर अनि देश बनाउने तालाचापी लिएर हिढ्नु भएको अबिभावक । तपाइसंग नगरेर को संग कुरा गर्ने  कमरेड यस्ता अनगिन्ती कुराहरु छन जुन भनिसाध्य छैनन । एकदम दुख छ । तरकारी पसलमा खाद्यान्न पसलमा मानिसहरु जानै नसक्ने भएका छन महंगी बढेर । जताततै एकदम गाहे भएको छ । भएका साना तीना ब्यापार ब्यवसाय पनि कति बन्द भए कति बन्द हुने तर्खरमा छन । मानिसहरु खै कसरी हो यस्तो अवस्थामा पनि नेगेटिभिटीमानै ताली बजाउंछन । राजधानीको मुटुमानै दिनदाहाडै मानिस काटिन्छन । शहर सफा र सुन्दर बनाउने नाममा गरीबहरुका हाते ब्यापारहरु तीनै गरीब बर्दीवालाहरुलाइनै प्रयोग गरेर खोसिएको अवस्थामा तपाईसंग गुहार नमागेर जनता कहां जाने ?
भन्नत मानिसहरुले भन्छन गांउ खाली गरेर घरखेत बाझै राखेर आएकाहरु गांउ फर्केर आफ्नै बारी सम्हाले हुन्छनी । कमरेड परिबेश यति सजिलो छैन । मानिसहरु त्यति सजिलै यो शहरमा सुखको लागि पसेका छैनन  र रहरले ठेला नागंला चलाएका पनि छैनन । मैले नै भेटेका कयौं फुटपाथे ब्यापारीहरुका सुन्नै नसक्ने कहानी छन् । जो सडकमा बसेर आफ्ना बच्चाहरुलाई डाक्टर इन्जिनियर बनाउने सपना देखेका छन । के उनिहरुलाई शहरमा आएर श्रम बगाउने र सपना देख्ने अधिकार छैन ? महल भनेको हरेकको भाषामा फरक हुन्छ । यौटा गरिबलाई आफु ओतलाग्ने झुपडीनै महल हो । हरेक गाउबाट शहर पस्ने मानिसहरुले के यति पनि कल्पना गर्न सक्दैन के शहर हुनेखानेको मात्र हो । यो शहरमा यहांका रैथाने मात्र कति होलान । हामी पनि गांउबाट आएका मानिस हौ ।जस्ले मानिसलाई मानिस नभनेर लखेटिरहेका छन उनिहरु पनि गाउंबाटै आएका मानिस हुन र तपाइहरु पनि यौीटा गाउंबाटै आएको मानिस हो । हरेक मानिसको श्रम र पसिनाले सिंचित छ यो शहर ।

संघियता भएको समय मलाइ भन्ने कुरा हैन यो स्थानिय निकायको कुरा हो वहियात कुरा भन्ने लाग्ला हजुरलाई । कमरेड प्रचन्ड तपाइले परिकल्पना गरेको संघियताको धज्जी उडाइएको छ । सायद यो संघियतालाई असफल बनाउने खेल पनि हुनसक्छ । मैले सरकारको क्षत्राधिकार र स्थानियताको कुरा पनि सामान्य रुपमा बुझेकी छु । यहां जति पनि बिकासका र सुन्दर शहरका कुरा छन ती स्थानिय सरकारको हातमा छ । यहांको नेतृत्व गर्ने अरुनै हुनुहुन्छ । नयां मान्छे आउनु शहरले नयांपन खोज्नु र तपाइहरुको कामले वाक्क भएकाहरुले आफुनो मत बदल्नु स्वभाबिक हो तर त्यहां कस्ता गतिबिधिहरु भएका छन राम्रा नराम्रा के ती हेर्न संघियताले दिंदैन ? यदि दिंदैन भने यो संघियताको कस्तो भद्दा मजाक हो जहां मानिसले अधिकारको नाममा जे गर्न पनि पाउने जे भन्न पनि पाउने ? जनता निकै पिडामा छन । सत्तालाई जहिले पनि राम्रो छ हजुर सबै बेस छ भन्ने चाटुकदार हरुनै मन पर्छ । तर भेट हुंदा हजुर हामीले भनेका साना कुरा पनि सुन्न सक्ने क्षमता राखेको देखेरनै यति कुरा भन्न सकिन्छ ।
हिंजो तपाइले सुरुगरेको युद्धमा स्थानिय तहमा माओवादीको नाममा खाओवादीहरुले जुन आतंक मच्याए जस्को अपजस हजुरले आजसम्म पनि लिनुपरेको छ ठ्याक्कै त्यहि अवस्था अहिले स्थानिय निकायहरुमा देखिएको छ । देश अस्थिरतामा जावस या जे होस भन्नेलाई कुनै मतलव छैन । भिजन र बिचारका कुरामा हैन हावादारी कुरामा समाजले दंगा पिटेको छ । यस्तो संकटमा के गर्ने तपाइको हातमा छैन र ?
अरुको रिपोटिगंमा राम्रो मात्र भएको सुन्न चाहाने सत्ताले नराम्रो र आलोचनालाई पचाउंदैन तर तपाईसंग भन्न सकिन्छ तपाइले परिकल्पना गरेको संघियताले जनताको मजाक उडाउदैछ । जुन संघियतामा तपाइहरुनै यति धेरै निरिह हुनुहुन्छ भने यो कस्तो संघियताको परिकल्पना हो ? जहां हुंदा खानेको मजाक बनाइन्छ उनिहरुलाई दुइछाक टार्न नसकेर मर्न बाध्य पारि पारिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हुम्लाबाट मानसरोवरसम्म पर्यटक लग्न चीनसँग सैद्धान्तिक सहमति– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)

सम्बन्धित

माफ गर्नुहोला ओली कमरेड :हजुरले भ्यु टावरको बिषयमा उठाएका कुरा अलि हजम लागेन ।

संविधानले सम्झिएका सुशील र सुवास

चिन्ता तीजको दरमा हैन, भल्गर संस्कृतिले उल्का ल्याउनुमा हो कि ?

नेपाल–चीनको पहिलो ऐतिहासिक संयुक्त वक्तव्य जसमा बिपी र चाउ एन लाइले सही गरेका थिए (पूर्णपाठ)

प्रधानमन्त्रीले अराजकता बढाए, सभापतिले कुरा सुनेनन् : शेखर कोइराला (पाठ)

उहिले र अहिलेका शासक कसरी छुट्याउने होला ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com