ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार मालिक बन्नुपर्दाका दुख र बितेका १६ बर्ष


शारदा शर्मा

त्यतिबेलाबाट नै हामी पत्रकारिता गथ्यौं, जतिबेला हामी जम्मा बीस बाइसका थियौं । जनताको लागि काम गर्ने कम्युनिष्ट पार्टीमा आबद्द रहेर तत्कालीन बिद्यार्थी संगठनको नेता बनिसकेका हामीले अठार बीस बर्षमा बिहे गर्ने लहडमा थियौं । अझ बढी अलमल थियो जीवन । कहांबाट सूरुगर्ने कहां गएर अन्त हुने ठेगान थिएन । मसाल छोडेपछि हामी एमाले बन्यौं । त्यसपछि केहीसमय काम गरेर बाताबरण नमिले पछि हामीले सम्पुर्णरुपमा पार्टी राजनीति छोड्यौं । त्यसपछि जीवन जिउने बाटाहरु पहिल्याउन हिंड्नै पर्यो । एकदम सार्प दिमाग भएको र पढ्नमा जहिले पनि फस्ट हुने शुभको एक्स्ट ट्यालेन्टले नै हामीलाई भेट गराएको हुनु पर्दछ । त्यही ट्यालेन्सीले जिल्लामा हामी अगाडि बढ्न निकै सहयोग पनि भयो । किनकी उनलाई सबैले चिन्थे, मान्थे र सम्मान गर्थे । यसको पनि कारण थियो । उनी स्कुल पढ्दा त्यहाँको चर्चित स्कुलका फस्ट अनि जिल्लामा हुने हरेक बक्तित्वकला, हाजिरीजवाफ लगाएतमा अतिरिक्त क्रियाकलापमा एकछत्र राजगर्ने चर्चित बिद्यार्थी । त्यतिबेला पुरस्कार बांड्नेहरु पनि जिल्लाकै चर्चित मानिसहरु हुने सिडियो जीसीयो पनि हुने । निकै सहयोग भयो । दुबैजनाले भर्खरै आइ ए पास गरेका थियौं । पढाइलाई अगाडि बढाउने कुरात भैहाल्यो ।

त्यो भन्दा अगाडि हामी काठमाण्डौ पनि बसेका थियौं । त्यतिबेला राधा बुढाथोकीले निकाल्ने पत्रिका नयांमोर्चाको म रिपोटर थिएं । लेख पनि लेख्थें । शुभले पनि सम्पादकीय र लेख लेख्नुहुन्थ्यो । मलाइ याद छ हामी रिपोटिगंको क्रममा हिमालय होटलमा जांदा सीपी मैनाली प्रमुख अथिति भएको एउटा कार्यक्रम थियो । मैल पत्रकारको हैसियतले परिचय गरेकी थिएँ । डिटेलमा सोधखोज हुंदा उहांले मेरो श्रीमान पनि कुनै नेताको छोरा हुनु पर्ने बताउनु भएको थियो। त्यस्ता कुरा र चिन्तनहरुले गर्दा पनि हामीले पार्टी छोडे्ने निर्णय सही गरेका थियौं भन्ने लाग्थ्यो।

काठमाण्डौको सिकारु पत्रकारिता पछि हामी आफ्नै जिल्ला गयौं । त्यहां गएपछि के गर्ने भन्नेकुरा चल्दै थियो । त्यत्तिकैमा पत्रिका निकाल्ने कुरा आयो । देबेन्द्र अधिकारी गुरु हुनुहुन्थ्यो । हामी बसेर सल्लाहा गर्यौ गुरु अध्यक्ष र प्रधान सम्पादक, शुभ सम्पादक निर्देशक भएर धौलागिरी साप्ताहिक पत्रिका दर्ता गरियो र चलाउन सुरु गरियो । त्यसपछि हामी पहिलोपटक कामको मालिक बनेउं । सरले पत्रिका चलाउने भन्नुभयो बाग्लुगंमा छाप्ने प्रेस पनि थिएन हप्ताभरी समाचार संकलन गरेर पोखरा गएर पत्रिका छापेर ल्याएर बाग्लुगंमा बांिडन्थ्यो । त्यतिबेला बेलु थापा ,लोकेन्द्र खड्का ,मुकेश राजभन्डारी ,निर्मल श्रेष्ठ लगाएतका धेरै साथीहरुले संगै काम गर्यौ । अरु साथीहरु प्नि हुनुहुन्थ्यो । पत्रिका राम्रोसंग बिक्रि हुनथाल्यो । पर्वतबाट दुर्गापौडेल भाइ म्याग्दीमा चन्द्रपकाश सर लगाएत अरु भाइहरुले सहयोग गर्नुभयो । देबेन्द्र गुरु भएपनि सबैले पत्रिका शुभको मात्र भन्थे ।

किनकी माहोल त्यस्तै थियो । सशुरुवातमै थाहै नपाइकन मालिक बनिएको पत्रिकाले बजार तताएपछि पत्रिकालाई पछि दैनिक बनाइयो । त्यतिबेला प्रवेश गर्नुभयो हिरा सर म्याग्दीबाट चन्द्रप्रकाश स । शुभको प्रधान सम्पादकत्वमा अध्यक्ष हिरास सर भएर पत्रिका दैनिक भयो । त्यतिबेला पनि अनेक दुख थिए । कतिपय सहकर्मी भनेर राखेका साथीहरु समयमा नआउने सआफ्नो ठाउं अनेक कुरा ।

नेपाली टाइप राम्रोसंग सिक्ने अवसर पनि मिल्यो मलाई । म बोर्डिगं स्कुलको मास्टर भैसकेकी थिएं र पनि घरमा आएपछि पत्रिकामा समाचार बनाउने टाइप गर्ने लेख लेख्ने काम प्राय गर्नुपथ्र्यो । थाहै नपाइ मालिक बनेका हामीलाई माओवादी युद्ध शसुरुभएपछि त्यहां बस्न सक्ने अवस्था रहेन । हामी कुनै पार्टीका थिएनौं तर हाम्रो पत्रिका हाम्रो कलम परिवर्तनमुखी थियो र हामी बाइबर्थ कम्युनिष्ट त थियौं नै । सानै उमेरमा अनेक ठुला मान्छेहरुसंग टक्कर हुंदै गएको थियो । लेख लेख्ने पढ्ने पत्रिकामा काम गर्ने पढाइलाई अगाडि बढाउने अवस्था थियो । माओवादी युद्ध सशुरु भएपछि हामीलाई पनि माओवादी भनियो । जसको कारण बाग्लुगंको पत्रकारिता र मेरो मास्टरी जागिर छोडेर भुमिगत शैलीमा नै हामी काठमाडौ छिर्यौ । त्यतिबेला त हामीसंग छोरी पनि भैसकेकी थिइन् ।

काठमान्डौ हाम्रोलागि नौलो त थिएन तर युद्धका अनेक छालहरु यहां झन धेरै तरगंगित बनेर बहेका हुन्थे ।केही समय शुभले किशोर दाइको जनआस्थामा पनि लेख लेख्नु भयो   त्यस पछि  निमकान्त दाइको जनधारणामा काम गर्न थाल्नु भयो । दाइलाई हामीले नयां मोर्चामा काम गर्दा चिनेका थियौं । बाग्लुगंमै रहंदा यता समाचार पत्रमा पनि शुभले रिपोटिगं गर्नुहुन्थ्यो कहिलेकांही कान्तीपुरमा  लेख पठाउनुहुन्थ्यो । बिचमा हामीले सम्भावना मासिक पनि निकाल्ने कोशिस गर्यौ । तर पुलिसले सबै प्रेस बाटै पहिलोअंक नै जफत गर्यो । दिन बित्दै थिए । मलाई निमकान्त दाइले सिद्धार्थ बनस्थली स्कुलमा जागिर लगाइदिनु भयो । शुभले जनधारणमा काम गर्नुहुन्थ्यो । त्यतिबेला हामीले ब्याचलर पनि सकाइसकेका थियौं । मास्टर्स पढ्न दिल्ली जाने कुरा हुंदै थियो । पत्रकारिता यहां नभएको र शुभको इन्ट्रस नै पत्रकारितामा भएकोले हामी दिल्ली जाने तयारीमा थियौं । शुभले इमेज टेलिभिजनमा पनि काम गर्न थाल्नु भएको थियो । तर त्यतिबेलै पुर्वाअन्चल युनिभर्सिटीले पत्रकारितामा मास्टर्स सुरु गर्यो । शुभ त्यहां भर्ना हुनु भयो । जीवनमा कहिल्य पनि दोस्रो हुन नपरेकोले त्यहां पनि शुभ पुर्वाअन्चल टपरमा पर्नुभयो । जसको कारण हामीलाई अनेक बाटाहरु खोलिने अवसर पनि मिल्यो ।

कलेजमा पत्रकारिता पढाउन सुरु भयो । पत्रकारिताका कोर्सका किताव निकाल्न थालियो शुरेश आचार्य दाइ संगको सहकार्यमा पनि पुस्तक निस्कियो ।
शुभले त्यतिबेला निर्मल गुरुगंको खबरदार सााप्ताहिक पत्रिकामा पनि काम गर्नु हुन्थ्यो । डन्डसरलाई चिनेको सायद त्यतिबेलै होला । मओवादीहरु भर्खरै शान्ति पक्रियामा आएका थिए ।
निर्मलगुरुगंले सगरमाथा टेलिभिजन चलाउने एकजना भाइले भनेको छ भन्दै प्रस्ताव ल्याउनु भयो र त्यो चलाउने पनि हुनुभयो । उहांले हामीहरुलाई निकै माया पनि गर्नुहुन्थ्यो । पछि सगरमाथा टेलिभिजन सशुरु भयो र केही समयपछि त्यसको पनि नजानिंदो र नपताउने तरिकाले हामी मालिक बन्नु पर्यो । सगरमाथा शुरु गर्ने बेलासम्म आइपुग्दा हामी पनि अलि परिपक्क भैसकेका थियौं । आर्थिक रुपमा  जीवन चल्नलाई त्यति अप्ठ्यारो पनि  थिएन  ।
पत्रकारलाई मालिक बनाउन पर्छ भनेर न्यायका कुरा गर्ने हामीहरु परिबेशले हामीलाई मालिक बनाएको समय पत्रकारहरु नै निकै दुखी बनेर आफुजस्तै मान्छेमा खनिएका थिए । निर्मल गुरुगं एक सफल ब्यवसायिक पनि हुनुहुन्थ्यो तर शहरमा हामी सामान्य पत्रकार मात्र थियौं। क्षमता काम कन्सेप्ट योजना र समर्पणले मालिक बन्ने लाइनमा सायद हामीलाई अगाडी बढाइएको थियो ।

तर त्यो लामो समय हुन सकेन । सगरमाथा बाट हामी बाहिरीनु पर्यो । बिचारको लडाईं तिब्र रुपमा चलेपछि निर्मल गुरुगंका पनि सायद पाटनरहरु थिए उहांहरु हाम्रो उपस्थितिमा डराउनु भयो माओवादी भनेर त्यो स्वभाबिक पनि थियो । किनकी त्यतिबेलासम्म शहर यहाँका सभ्रान्त बर्गले हेर्ने दृष्टीकोण र जनताको लागि लडेका हौं भन्नेहरुसंगको हाम्रो सम्बन्ध अनि उहांहरुले गिजोलेको अवस्था र अनेक कारणले यो पनि स्वभाविक थियो । शहरले हामीलाई पत्रकार भनेर चिन्थ्यो, हामी पत्रकार नै थियौं । अनि ठुला पार्टीहरुले ब्यापारी र धनाड्यहरुलाई मात्र चिन्थे हामीलाई त हाम्रो काम र क्षमताले बाहेक चिन्ने कुर ापनि आउदैनथ्यो, न हामी शहरका खानदानी ब्यापारी थियौं, नत कसैलाई महंगो उपाहार टक्राउन सक्ने चाट्ुककदार । थियो त काम गर्ने क्षमता मात्र ।  मात्र पत्रकारको धर्म निभाउन सक्ने  इथिक्समा  थियौं हामी  अनि सबैलाई सम्मान गर्नसक्ने र सम्बन्ध र सत्यलाई क्यासमा हैन बिस्वसनियताको दृष्टिकोणले हेर्न सक्ने क्षमता बिकास गरेका थियौं । यो खुवी भने हामीले अनेक हन्डर र ठक्करबाटनै सिकेका थियौं । तर पार्टीका मानिसहरुले हामीलाई पनि ब्यापारी र साहु भनेर चिनेको भन्दै उनीहरुकै कार्यकर्ताहरुको रोइलो अझ पनि सकिएको छैन । आफ्नै पार्टीका कार्यकर्ता नचिन्ने उनिहरुका नेताहरुले हामीलाई शहरका सभ्रान्त भनेर चिने होलान र अनि केही नपाए पनि हामीलाई के भनेर लगातार सम्बन्ध अगाडि बढाए होलान ।

हामी त स्पष्ट थियौं मानिसमा क्षमता भयो भने अनि अरुलाई सम्मान गर्नसक्ने  र कसैलाई पनि नराम्रो नगर्ने स्वभाव भयो भने सम्बन्धहरुमा निरन्तरता हुन्छ भन्ने कुरामा । सगरमाथा छोड्ने समयसम्म उमेरले कांचा भए पनि ब्यवाहारले हामी निकै पाका बनिसकेका थियौं । ज्ञान, सिप र क्षमताको दायरा अनि सोचाइको आयातन पनि फराकिलो बनिसकेको थियो । पत्रकारिताका कोर्सका किताब निस्किसकेको र मेरा जागिरको कारण आर्थिक रुपमा समस्या पनि थिएन । सानो घर बनाए बसिसकेका थियौं । जसको कारण हामीलाई अगाडि बढ्न र अव के गर्ने भन्ने बिषयमा सोच्नको लागि निकै सजिलो पनि भयो ।
पत्रकारितामा युनिभर्सीटी टपिसकेको दुनियाको नजरमा मालिक बनाइसकिएको एउटा पात्र अनि पत्रकारितामा जुनुन बोकेको मानिस सगरमाथा छोडेपछि त्यत्तिकै बस्ने कुरा थिएन । के गर्ने भन्ने कुरामा थियौं हामी । सन्जय अधिकारी दाइ हुनुहुन्थ्यो बाग्लुगंको देबेन्द्र सरको छोरा । यहांको नाम चलेको ब्यापारी । उहां संग भेट भएपछि हामीले टेलिभिजन चलाउने कुरा गर्यौ । उहां पनि राजी हुनुभयो । तर कसरी चलाउने बजेट त चाहियो । सबै बाग्लुगें ब्यापारीहरुलाई जोडेर प्रस्ताव राखेपछि टेलिभिजन चलाउने कुरा पक्का भयो । सबैले मिलेर पैसा उठाउने र टेलिभिजन चलाउने सहमति भएपछि एवीसी टेलिभिजनको सुरुवात भयो । त्यतिबेला धेरै ब्यापारि साथीहरु जेडिनु भयो लगभग हामी पैतिस चालिस जना थियौं । पुष्पमान श्रेष्ठ अध्यक्ष र शुभ प्रधान सम्पादक भएर टेलिभिज बजारमा आयो । दुबैजनाले पुर्णरुपमा टेलिभिनमा समय दिने भनेर नौ बर्ष काम गरेको सिद्धार्थ बनस्थली मैले छोडिदिएं ।

एकै पटक धरहरा हाउसको म्यानेजर र एवीसी टेलिभिजनको कर्मचारी भएर काम गर्न थालें । टेलिभिजन राम्रोसंग चल्यो । शुभ सम्पूर्ण रुपमा लाग्नु भयो। यतिबेलासम्म शहरले हमीलाई मालिक बनाइसकेको थियो । शहर यति धेरै क्रुर छ, जहां कहिले नभएका कुरामा पनि ताली बजाउनु पर्ने रहेछ कहिले भएका कुरामा पनि मौन रहनु पर्ने रहेछ । रवाफ देखाएर देखासिकीको ब्यापार गर्ने शहरले यस्ता धेरै कुरा सिकायो । जहां अरुले के भन्छन् भन्ने हैन आफुले के गर्ने भन्ने कुरामा बिस्वास हुनुपर्छ । सबैलाई सफाइ दिएर हिंड्न पनि सकिंदैन । ती साथीहरु जसले हामीलाई बिस्वास गरेर टेलिभिजनको सांचो हाम्रो हातमा थमाइदिनु भयो आज त्यो सांचो जोगाउन पनि हामीलाई निकै गाह्रो भएको छ ।
जहिल्यै पनि बजारले हामीलाई माओवादी भनेर बिज्ञापनमा रोक लगायो। लगातार सत्तामा रहेको माओवादीले कहिल्यै आफ्नो मानेन । हामी पत्रकार थियौं । हामीसंग सबैको सम्बन्ध पत्रकारिताको इथिक्समा नै थियो । सायद त्यसैले पनि होला हाम्रा सम्बन्धहरु देखेर मानिसहरु उद्धेलित पनि बने । हामी सोच्थ्यौं पत्रकारले सुचना पाउनु पर्छ त्यो हामीले पाएका छौं । तर सुचनाको दुरुपयोग गरियो भने सम्बन्धहरु बिचमा बिघटन हुन पनि सक्छन् । त्यसमा हामी सचेत पनि थियौं र छौं । सायद त्यसैले पनि होला आजसम्म पनि ती सम्बन्धहरुको परिपक्कता कायम नै छ । यो नै हाम्रो सफलता हो ।

माहामारीको रुपमा संसारभर फैलिएको डरलाग्दो रोग कोरोना जसको कारण हरेकका ब्यापार बिजनेसहरु तहसनहस भए । हाम्रो टेलिभिजनलाई पनि असर नपर्ने कुरै भएन । हामी अक्षरको खेती गरेर खाने मानिस अनेक धन्दाहरुको कभरमा चलाइएका टेलिभिजनहरुको अवस्था त जटिल बनेको समय यौटा पत्रकारले चलाएको टेलिभिजन त्यहांमाथि चौतर्फी आक्रमणमा परेका हामीलाई संकट नहुने कुरै भएन र पनि हामी प्रयत्नसिल छौ ।

हामी पत्रकार थियौं मलिक थिएनौं समय र परिबेशले हामीलाई मालिक बनाउन तालाचापी हाम्रो हातमा थमायो । शहरका सभ्रान्तहरुले गांउलाई आज पनि राम्रोसंग नपत्याउने परिवेशमा हामीले आफ्नो क्षमता, बिस्वास र निष्ठाको कारण मिडियामा सिंगो सभ्रान्त बर्गको नेतृत्व गर्न पुग्यौं । सायद बुझेर बिरोध र समर्थन जनाउने समाजमा हुन्थ्यौं भने आज समग्र पत्रकारिता क्षत्रमा हाम्रो वाहवाही हुनुपथ्र्यो । तर कतिपयले बुझेर पनि अझै बुझपचाउने गर्छन । छोडौं यस्ता कुरा आज पनि हामी पत्रकारनै हौं मालिक होइनौं ।
हाम्रा सहकर्मीहरु जो हामीसंग हुनुहुन्छ, जो हामीलाई छोडेर जानुभयो र जो गएर पनि हामीसंग आज पनि संगै हुनुहुन्छ । उहांहरुको साथ सहयोग निष्ठा हामीप्रतिको बिस्वास र सगै रहेका सहकर्मीहरुको धैर्यता नै हाम्रो उर्जाको मुख्य स्रोत हो । यही स्रोत, यही हामी श्रमजीवीहरुको बिस्वास र धैर्यताले एवीसी टेलिभिजनको डोरीलाई चुंडिन दिनेछैन । गाउं शहर र दुनिया ब्युंझाउने हाम्रो अभियान निरन्तर अगाडि बढिरहने छ । एबीसी टेलिभिन १६ औं वर्ष प्रवेशको अवसरमा सवै देशवासी र आम दर्शकलाई हार्दिक शुभकमाना । हाम्रा सहकर्मीहरुलाई बधाई र सयहयोगीहरुप्रति हृदयदेखि नै कृतज्ञता ।

एबीसी डेढदशक बढी वर्षसम्म पनि पूर्वाग्रह र विरोधको चक्रव्युहमा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com