ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य सहायक एमबिबिएस पढ्न नपाउनु अन्याय हो- हान अध्यक्ष खड्का


admin
माघ २३, २०७४ मंगलबार  २ : ५२ बजे

काठमाडौँ, २३ माघ। सामान्य चिकित्सामा प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेकालाई निःशर्त सम्बन्धित विषयको माथिल्लो तह एमबिबिएस अध्ययन गर्न पाउनुपर्ने माग स्वास्थ्य सहायकले गरेका छन् ।

स्वास्थ्य सहायकहरुले विगतमा आफूहरुलाई एमबिबिएससहित उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था भएकामा रोकेर प्रवेश परीक्षामा सामेल हुन नदिनु चिकित्सा शिक्षाको निरङ्कुशता भएको गुनासो गरेका हुन् ।

स्वास्थ्य सहायक संघ नेपाल(हान)का कावा अध्यक्ष दीपेन्द्र खड्काले स्वास्थ्यका जनशक्ति उत्पादन गर्ने क्रममा विगतमा सामान्य चिकित्सा प्रमाणपत्र तहको अध्ययन पूरा गरेकालाई केही समय ब्याचलर अफ मेडिसिन, ब्याजचर अफ सर्जरी र कम्युनिटी मेडिसिन अध्ययन गराइएको भए पनि पछि वञ्चित गरिनु अन्याय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मेडिकल काउन्सिलले पनि विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानलाई दिएको सम्बन्धनमा निर्धारित पूर्व आवश्यकीय कोर्ष( पीआरसी) कतै चाहिने कतै नचाहिने गरी फरक फरक मापदण्डभन्दा स्पष्ट कानून बनाएर एकैखाले मापदण्ड बनाउनुपर्छ ।’’ एमबिबिएस अध्ययनका लागि पीसिआर कोर्ष अनिवार्य गरिएको छ ।

हानका सचिव दीर्घबहादुर बोगटीले स्वास्थ्य क्षेत्रमा कस्ता जनशक्ति कति आवश्यक पर्छ भन्ने सर्वेक्षण गरेर मात्र उत्पादन गर्न सकेमा उनीहरुको वृत्ति विकास, कर्मचारी समायोजन र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सहज हुने बताउनुभयो ।

उहाँले सरकारले स्वास्थ्य सेवामा कार्यरत सबै तहका कर्मचारीलाई छात्रवृत्तिमा माथिल्लो तह अध्ययन गर्न विश्वविद्यालय, प्रतिष्ठान र शैक्षिक संस्थासँग समन्वय गरी आरक्षित दरबन्दी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सम्बन्धन प्राप्त ४७ शैक्षिक संस्थामा हरेक वर्ष एक हजार ८८० जनाले सामान्य चिकित्सा प्रवीणता प्रमाणपत्र तहको अध्ययन पूरा गर्छन् । सन् १९९८ देखि २०१० सम्म काठमाडौँ विश्वविद्यालयबाट पनि सामान्य चिकित्सा प्रवीणता तहको अध्यापन भएको थियो । देशभर १२ हजार ७५० स्वास्थ्य सहायक कार्यरत रहेको उल्लेख गर्दै संघका उपाध्यक्ष मेघनाथ चापागाईंले आफूहरुले पदअनुसारको जिम्मेवारी नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले पाँचौँ तहमा लोकसेवा आयोगमा नाम निकालेर काममा जाँदा चौथो तहको कर्मचारीको नेतृत्वमा रहेर काम गर्नुपर्ने बाध्यता छ, हाम्रो योग्यताअनुसारको कामको जिम्मेवारी हुनुपर्छ ।”

देशभरका स्वास्थ्य सहायकको हकहित र वृत्ति विकासका लागि २०७० साल फागुनमा स्थापित हानले यही माघ २१ र २२ मा आयोजना गरेको ‘प्रथम राष्ट्रिय प्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रम’ मा सहभागीले स्वास्थ्य सहायकको व्यवस्थापनमा सरकारले न्याय नगरेको गुनासो गरेका थिए । “त्यसलाई सच्याउनुपर्छ, हाम्रा मागको सम्बोधन नभएसम्म हामीले गुणस्तरीय सेवा दिन सक्दैनौँ, चांैथो तहबाट प्रवेश गरेका कर्मचारीको निर्देशनमा हामीले काम गर्नुपर्ने अवस्था आउनुहुन्न”, उहाँले भन्नुभयो ।

संघका केन्द्रीय सल्लाकार केशव दाहालले संघीयतानुसार स्वास्थ्य मन्त्रालयले बनाएको अवधारणामा हानको असहमति रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

निर्वाचन १३ दिन बाँकी : आयोगले दियो टिकटक बनाएर ५० हजार जित्ने अवसर

माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ

सन् २०२८ मा हुने टी–२० विश्वकप खेल्ने १२ टोलीको टुंगो लाग्यो

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com