ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२८ तोला सुनको बिस्कुटसहित पोखरा बसपार्कबाट महिला पक्राउ


एबीसी न्यूज

काठमाडौं, २५ साउन ।  कास्की प्रहरीले आज बिहान एक महिलाले भित्री बस्त्र (ब्रा) भित्र लुकाएको २८० ग्राम २९ मिलिग्रामको सुनको बिस्कुट र औंठी बरामद गरेको छ। बैदाम प्रहरी प्रमुख डीएसपी वेदप्रकश जोशीका अनुसार काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा यात्रारत काठमाडौं जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङबाट सो सुन बरामद गरेको हो । विशेष सूचनाको आधारमा पोखरा बसपार्क पुगेर बसबाट झर्नासाथ ती महिलाको शरीर खानतलासी गर्दा ‘सुनजस्तो देखिने’ धातु भेटिएको उनले बताए ।

डीएपी जोशीका अनुसार महिलाले प्रारम्भिक बयानको क्रममा काठमाडौंको एक व्यक्तिले निश्चित रकम दिएर सुन पोखरा लैजान भनेको र सोही अनुसार आफू सुन बोकेर पोखरा आएको बताएकी छन् । ‘पोखरा पुगेपछि एउटा फोन आउँछ, उसैलाई सुन दिनू भनेका थिए,’ती महिलालाई उधृत गर्दै डीएसपी जोशीले भने,‘हामीले फोन कु¥यौंँ तर ती महिलाको मोवाइलमा फोन चाहिँ आएको छैन । अब हामी यो धातु राजश्व अनुसन्धान विभागलाई सुम्पन्छौँ ।’

महिलाबाट बरामद सुन पोखराको कुनै सुनचाँदी व्यवसायीको लागि कसैले पठाएको र यो उपक्रम लामो समयदेखि चल्दै आएको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ । पोखरामा सुनको माग अत्यधिक छ । तर, नेपाल राष्ट्र बैंकले दैनिक १० किलोग्राम सुनमात्र बजार पठाउँछ ।

त्यसको थोरै मात्रामात्र पोखरा आइपुग्छ । त्यसैले पोखराका व्यवसायीहरुले एक तोला अर्थात् १० ग्राममै ६ हजार रुपैयाँभन्दा बढी मूल्य तिरेर सुन किन्ने गरेको व्यवसायीहरु अनौपचारिक कुराकानीमा बताउँछन् । ‘अहिले भने हामीले तोलामा ३ हजार रुपैयाँमात्र बढी तिरेर सुन किनिरहेका छौं,’ती व्यवसायीले अनौपचारिक कुराकानीमा भनेका छन्,‘बजार एक क्विन्टल सुनको चर्चा छ, बाहिरी बजारमा धेरै सुन भएर नै यो अवस्था आएको हुनुपर्छ ।’

प्रहरीले यसअघि पनि बसयात्रीबाट पटक–पटक सुन बरामद गरेको थियो । तीजलगायतका चाडबाडमा सुनको माग अत्यधिक हुन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com