ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या


एबीसी न्यूज

बैतडी, २२ माघ। बैतडीका आधाभन्दा बढी स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या भएको छ । जिल्लामा रहेका १० स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका केन्द्रमा विद्युत् सेवा पुग्न सकेको छैन ।

स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा सरकारी कामकाजमा समेत बाधा पुगेको स्थानीय तहले जनाएका छन् । विद्युत्को अभावमा नगरपालिकाले प्रदान गर्ने सेवामा समस्या भएको मेलौली नगर कार्यपालिकाका सदस्य सुरत पार्कीले बताउनुभयो । विद्युत्को अभावमा गाउँपालिकाले प्रदान गर्ने सेवामा समस्या भएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “सिगास गाउँपालिका दुर्गम गाउँपालिका भएकाले विद्युत्बाट हुने कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।”

यस्तै पञ्चेश्वर गाउँपालिकाले पनि गाउँपालिकाको केन्द्रसम्म विद्युत् नहुँदा काम गर्न समस्या भएको जनाएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका केन्द्रमा विद्युत् पुगेको छैन् । विद्युत् नपुगेका स्थानीय तहले विद्युत् सेवा विस्तारका लागि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीलाई आग्रह गरेको भए पनि बजेटको अभावमा तत्काल विद्युत् सेवा विस्तार गर्न सकिने अवस्था नरहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर महानन्द भट्टले बताउनुभयो ।

“विद्युुत् नभएका सबै स्थानीय तहबाट विद्युत् विस्तारका लागि निवेदन आए पनि बजेटको अभावमा विद्युत् सेवा विस्तार गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “जिल्लामा वार्षिक रूपमा विद्युत् विस्तारका लागि तीन–चार करोड मात्रै बजेट आउने र यो बजेट ज्यादै न्यून हो ।” त्यसमध्ये नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीका अनुसार बैतडीका १२ हजार घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको छ । ग्रामीण क्षेत्रमा रहेका लघुजलविद्युत् आयोजना पनि पछिल्लो समय धमाधम बन्द हुन थालेपछि स्थानीय तहले विद्युत्को समस्या झेलिरहेका हुन् । जिल्लामा रहेका १९ वटा लघुजलविद्युत् आयोजनामध्ये अधिकांश बन्द अवस्थामा छन् । सञ्चालनमा रहेका लघुजलविद्युत् आयोजना पनि रातको समयमा सञ्चालन हुने भएकाले सरकारी कार्यालयमा कामकाजका लागि उपयोग गर्न पाइएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘ट्रम्प विश्वको सम्राट होइनन्, अमेरिकी निर्वाचित नेता मात्र हुन्’

एमालेमा १५ सदस्यीय पदाधिकारी हुने, उमेर सीमा र दुई कार्यकाल हट्यो

वाग्मतीसहित चारवटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ६३ जनाको मृत्यु, २९० जना घाइते

क्लासिक टेक १६औं वर्षमा प्रवेश

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com