ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने


एबीसी न्यूज
फाल्गुन २८, २०८२ बिहीबार  ७ : २५ बजे

प्रतिनिधि सभा निर्वाचनमा धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले कर्जा सूचना केन्द्रको पत्रका आधारमा साहलाई कालोसूचीबाट हटाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

यसअघि कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको भन्दै निर्वाचन आयोगले फागुन १९ गते साहको उम्मेदवारी खारेज गरेको थियो। उम्मेदवारी खारेज भएपछि उनले कर्जा सूचना केन्द्र र निर्वाचन आयोगको निर्णयविरुद्ध छुट्टाछुट्टै रिट दायर गरेका थिए।

कर्जा सूचना केन्द्रविरुद्ध दायर गरिएको रिटमा बिहीबार अन्तरिम आदेश जारी भएपछि साहको नाम कालोसूचीबाट हट्ने भएको छ।

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको दुई दिनपछि फागुन २१ मा भएको निर्वाचनमा धनुषा–१ बाट नेकपाका उम्मेदवार मातृका यादव निर्वाचित भएका थिए। आयोगले बुधबार यादवलाई निर्वाचित भएको प्रमाणपत्रसमेत प्रदान गरिसकेको छ।

निर्वाचन आयोगको निर्णयविरुद्ध साहले दायर गरेको अर्को रिटमा भने शुक्रबार सुनुवाइ हुने तय भएको छ। अब धनुषा–१ को सांसद को हुने भन्ने विषय सर्वोच्च अदालतले शुक्रबार दिने आदेशमा निर्भर रहनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

सम्बन्धित

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको हृदयघातबाट निधन

ग्यास अभाव कम गर्न निगमको नयाँ निर्णय: भोलिदेखि आधा सिलिन्डर मात्रै वितरण

इरान युद्धको पहिलो ६ दिनमै अमेरिकालाई ११.३ अर्ब डलर खर्च

किन बढारिए पुराना दल ?

मध्यम आकारका युद्धहरूको श्राप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com